YouVersion Logo
Search Icon

२ थेसलोनिकी 1

1
1पावल, सिलास र तिमोथीबाट, परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्‍डलीलाई:#प्रे १७:१
2परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति।
धन्‍यवाद र प्रार्थना
3भाइ हो, तिमीहरूका निम्‍ति परमेश्‍वरलाई सधैँ धन्‍यवाद चढ़ाउन हामी बाध्‍य छौं। यो योग्‍य पनि छ, किनकि तिमीहरूको विश्‍वास प्रशस्‍त गरी वृद्धि भइरहेछ, र एक-अर्काप्रति तिमीहरू हरेकको प्रेम बढ़िरहेछ। 4यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका कष्‍टहरूका बीचमा तिमीहरूका स्‍थिरता र विश्‍वासको निम्‍ति परमेश्‍वरका मण्‍डलीहरूका माझमा हामी ज्‍यादै गर्व गर्छौं।
5परमेश्‍वरको धार्मिक इन्‍साफको साक्षी यही हो, कि तिमीहरू परमेश्‍वरका राज्‍यको योग्‍य ठहरिन सक, जसको निम्‍ति तिमीहरू दुःख भोगिरहेछौ। 6परमेश्‍वर न्‍यायी हुनुहुन्‍छ, उहाँले तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनुहुन्‍छ, 7र तिमी कष्‍ट पाएकाहरूलाई हामीहरूसँगै आराम दिनुहुन्‍छ। यो तब हुन्‍छ, जब प्रभु येशू आफ्‍ना शक्तिशाली स्‍वर्गदूतहरूसँग बल्‍दो आगोमा स्‍वर्गबाट प्रकट हुनुहुनेछ। 8परमेश्‍वरलाई नचिन्‍नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई उहाँले दण्‍ड दिनुहुन्‍छ। 9तिनीहरूले अनन्‍त विनाशको दण्‍ड तथा प्रभुको उपस्‍थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्‍ड भोग्‍नेछन्,#यशै २:१० 10जब त्‍यस दिन उहाँका सन्‍तहरूमा महिमा पाउन र विश्‍वास गर्नेहरू सबैलाई आश्‍चर्यचकित पार्न उहाँ आउनुहुनेछ, किनभने तिमीहरूलाई दिएको हाम्रो साक्षीमा तिमीहरूले विश्‍वास गर्‍यौ।
11यस हेतुले हामी तिमीहरू सबैका निम्‍ति निरन्‍तर प्रार्थना पनि गर्छौं, कि हाम्रा परमेश्‍वरले तिमीहरूलाई आफ्‍नो बोलावटको योग्‍य बनाऊन्, र हरेक असल उद्देश्‍य र विश्‍वासको कामलाई उहाँको शक्तिद्वारा पूर्ण गरिदेऊन्, 12ताकि हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहअनुसार हाम्रा प्रभु येशूको नाउँ तिमीहरूमा महिमित होस्, र तिमीहरू उहाँमा।

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in