१ पत्रुस 2:11-12
१ पत्रुस 2:11-12 NNRV
प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्माको विरुद्धमा लड़ाइँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहो। अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल होस्। कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूका विरुद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखून्, र आगमनको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्।





