दाखमद्यले नमात्तिओ, यसले जीवन बरबाद गर्छ; बरु पवित्र आत्माले भरपूर होओ। भजन, स्तुतिगान र आत्मिकी गीतहरूद्वारा एक-अर्कासँग बोल। प्रभुको निम्ति तिमीहरूको हृदयबाट गीत र सङ्गीत निकाल। हाम्रा प्रभु येशू ख्रीष्टको नाममा परमेश्वर पितालाई सधैँ सबै कुराको निम्ति धन्यवाद चढाओ।