1
याकूबको पत्र 3:17
पवित्र बाइबल
NERV
तर ज्ञान जो माथिका परमेश्वरबाट आउँछ त्यो यस्तो हुन्छ प्रथम त्यो शुद्ध हुन्छ। त्यो शान्तिमय नम्र र तर्क सँगति हुन्छ। यो ज्ञान सर्वदा जो मानिसहरू समस्यामा छन् तिनीहरूलाई सहायता गर्न सधैँ तत्पर रहन्छ अनि अन्य मानिसहरूको लागि उपकार गर्ने हुन्छ। यो ज्ञान सदैव निष्पक्ष अनि इमान्दार हुन्छ।
Compare
Explore याकूबको पत्र 3:17
2
याकूबको पत्र 3:13
यहाँ तिमीहरू माझ कुनै यस्तो मानिस छ जो ज्ञानी अनि बुद्धिमान छ? तब उसले ठीकसित बसेर आफ्नो ज्ञानको प्रमाण दिनु पर्छ। उसले ज्ञानबाट आउने नम्रतासित काम गर्नुपर्छ।
Explore याकूबको पत्र 3:13
3
याकूबको पत्र 3:18
मानिसहरू जो शान्तिको निम्ति शान्तिसाथ कार्य गर्छन् तिनीहरूले धार्मिकताको फसल बटुल्छन्।
Explore याकूबको पत्र 3:18
4
याकूबको पत्र 3:16
जहाँ इर्ष्या अनि स्वार्थ छ त्यहाँ अव्यवस्थित अनि हरेक किसिमको दुष्टाँई हुन्छन्।
Explore याकूबको पत्र 3:16
5
याकूबको पत्र 3:9-10
हामी हाम्रा जिब्रोलाई हाम्रो परमप्रभु अनि पिताको स्तुतिमा उपयोग गर्छौ। अनि अझै त्यही जिब्रोले हामी मानिसहरूलाई सराप्छौ जसलाई परमेश्वरको सकलमा बनाइएको छ। स्तुति अनि सराप एउटै मुखबाट निस्कन्छन्। मेरा भाइ अनि बहिनीहरू, यस्तो हुनु हुँदैन।
Explore याकूबको पत्र 3:9-10
6
याकूबको पत्र 3:6
जिब्रो आगोको फिलुंगो जस्तै हो। हाम्रो शरीरका अंशहरू मध्ये यो दुष्टताको संसार हो। कसरी? जिब्रोले सारा शरीर नष्ट पार्छ। यसले हाम्रो सम्पूर्ण अस्तित्व नै ध्वंश पार्न सक्छ र नरकको आगोमा त्यो जल्छ।
Explore याकूबको पत्र 3:6
7
याकूबको पत्र 3:8
कसैले कहिल्यै जिब्रोलाई नियन्त्रण गर्नु सकेको छैन। यो जंगली अनि दुष्ट हुन्छ। जिब्रो विषले परिपूर्ण हुन्छ जसले मार्न सक्छ।
Explore याकूबको पत्र 3:8
8
याकूबको पत्र 3:1
मेरा भाइ अनि बहिनीहरू, तिमीहरूमध्ये धेरै शिक्षक हुनु हुँदैन। किनभने तिमीहरू जान्दछौ कि हामी जसले शिक्षा दिन्छौं अन्य मानिसहरू भन्दा कठिन प्रकारले जाँच गरिनेछौं।
Explore याकूबको पत्र 3:1
Home
Bible
Plans
Videos