1
यशैयाको पुस्तक 19:25
पवित्र बाइबल
NERV
सेनाहरूका परमप्रभुले त्यस देशलाई आशीर्वाद दिनुहुनेछ। उहाँले भन्नु हुनेछ, “मिश्र, तिमीहरू मेरा मानिसहरू हौ। अश्शूर, मैले तिमीलाई बनाएँ। इस्राएल तिमी मेरो सम्पत्ति हौ। तिमीहरू सबै धन्य हौ!”
Compare
Explore यशैयाको पुस्तक 19:25
2
यशैयाको पुस्तक 19:20
सेनाहरूका परमप्रभुले गर्नु भएको महान र प्रभावपूर्ण कार्यहरूको यो चिह्न हुनेछ। कुनै पनि समय मानिसहरू परमप्रभुदेखि केही माग्न चिच्याइ रूनेछन् अनि परमप्रभुले सहयोगी पठाउनु हुनेछ। परमप्रभुले मानिसहरूलाई बचाउन र रक्षा गर्नलाई एक मानिस पठाउनु हुनेछ। त्यस मानिसले तिनीहरूमाथि अरूले गरेको अन्याय र दुष्ट कार्यबाट बचाउनेछ।
Explore यशैयाको पुस्तक 19:20
3
यशैयाको पुस्तक 19:1
मिश्रको बारेमा शोक सन्देश हेर! परमप्रभु तिब्र गतिमा उडिरहने बादलमाथि चडेर आउनु हुँदैछ। परमप्रभु मिश्रमा प्रवेश गर्नु हुनेछ अनि मिश्रका सबै झूटा देवताहरू डरले काम्नेछन्। मिश्र वीर थियो, तर त्यो गरिमा पग्लेर जानेछ।
Explore यशैयाको पुस्तक 19:1
4
यशैयाको पुस्तक 19:19
त्यस समय मिश्रको बीचमा परमप्रभुको लागि एउटा वेदी तयार हुनेछ। मिश्रको सिमानामा परमप्रभुमाथि श्रद्धा प्रकट गर्नलाई एउटा स्मारक बनाइनेछ।
Explore यशैयाको पुस्तक 19:19