1
पत्रुसको पहिलो पत्र 2:9
पवित्र बाइबल
NERV
तर तिमीहरू चुनिएका मानिसहरू हौ। तिमीहरू राजाका पूजाहारीहरू हौ। तिमीहरू मानिसहरूका पवित्र जाति हौ। तिमीहरू ती मानिसहरू हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरूको विषयमा भन्न तिमीहरू चुनिएका हौ। उहाँले तिमीहरूलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो।
Compare
Explore पत्रुसको पहिलो पत्र 2:9
2
पत्रुसको पहिलो पत्र 2:24-25
ख्रीष्टले हाम्रा पापहरू आफ्नो शरीरमा क्रूसमा बोक्नु भयो। उहाँले यसो गर्नुभयो ताकि हामी पापको निम्ति मरेर धार्मिकताको निम्ति अनि जे उचित छ त्यसका निम्ति बाँचौं। उहाँको चोटहरूले तिमीहरू निको पारियौ। तिमीहरू भेंडा़ जस्तै छौ जो भूल मार्गतिर लागेका छन्। तर अहिले तिमीहरू गोठाला अनि तिमीहरूका प्राणको रक्षक तर्फ फर्कि आएकाछौ।
Explore पत्रुसको पहिलो पत्र 2:24-25
3
पत्रुसको पहिलो पत्र 2:10
एक समयमा तिमीहरू परमेश्वरको मानिस थिएनौ। तर अब तिमीहरू परमेश्वरका मानिस हौ। विगत समयमा तिमीहरूले कहिल्यै पनि कृपा पाएका थिएनौ तर अहिले तिमीहरूले परमेश्वरबाट कृपा पाएकाछौ।
Explore पत्रुसको पहिलो पत्र 2:10
4
पत्रुसको पहिलो पत्र 2:2
भर्खर जन्मेका बालकहरू जस्तो होऊ। शुद्ध आत्मिक दूधको निम्ति भोकाऊ जसले तिमीहरूलाई बढ्न र मुक्ति हासिल गर्न सहायता गर्छ।
Explore पत्रुसको पहिलो पत्र 2:2
5
पत्रुसको पहिलो पत्र 2:11-12
प्रिय मित्रहरू, तिमीहरू यो संसारमा प्रवासी अनि परदेशीहरू हौ। यसर्थ तिमीहरूलाई तिम्रा शरीरले चाहेको नराम्रा कर्महरूदेखि टाढा रहुन् भनी म निवेदन गर्छु। यी कुराहरू तिमीहरूका आत्माको विरुद्ध जुझ्छन्। मानिसहरू जसले विश्वास गर्दैनन् तिनीहरू तिमीहरूका वरिपरि छन्। ती मानिसहरूले तिमीहरूले भूल गरी रहेकाछौ भनी निन्दा गर्छन्। यसर्थ असल जीवन बिताऊ। तब तिमीहरूले गरेका असल कुराहरू तिनीहरूले देख्नेछन् अनि तिमीहरूले परमेश्वरलाई महिमा प्रदान गर्नेछौ। जब उहाँ आउनु हुन्छ।
Explore पत्रुसको पहिलो पत्र 2:11-12
6
पत्रुसको पहिलो पत्र 2:5
तिमीहरू पनि सजीव पत्थरहरू जस्तै छौ। परमेश्वरले एक आध्यात्मिक मन्दिर निर्माण गर्नलाई तिमीहरूलाई उपयोग गर्दै हुनुहुन्छ। तिमीहरूले त्यस मन्दिरमा पवित्र पूजाहारीहरूको रुपमा आत्मिक बलि चढाऊ जुन येशू ख्रीष्टबाट परमेश्वरलाई स्वीकार्य हुनेछ।
Explore पत्रुसको पहिलो पत्र 2:5
7
पत्रुसको पहिलो पत्र 2:1
यसर्थ, अरूलाई चोट पुर्याउने केही कुरा पनि नगर, झूटो नबोल, कपटी नबन, इर्ष्या नगर। अर्काको निन्दा नगर, यी सब कुराहरू तिमीहरूको जीवनबाट हटाऊ।
Explore पत्रुसको पहिलो पत्र 2:1
8
पत्रुसको पहिलो पत्र 2:4
प्रभु येशू सजीव पत्थर हुनुहुन्छ। संसारका मानिसहरूले निश्चय गरे कि तिनीहरू त्यो पत्थर चाहँदैनन्। तर उहाँ परमेश्वरले चुन्नुभएको पत्थर हुनुहुन्छ। परमेश्वरका निम्ति उहाँ धेरै मूल्यवान हुनुहुन्छ। यसर्थ उहाँकहाँ आऊ।
Explore पत्रुसको पहिलो पत्र 2:4
9
पत्रुसको पहिलो पत्र 2:16
मुक्त मानिसहरू जस्तै होऊ। तर तिमीहरूको स्वतन्त्रता कुकर्मकोलागि उपयोग नगर। परमेश्वरको सेवा गर्दै गरे झैं बाँच।
Explore पत्रुसको पहिलो पत्र 2:16
10
पत्रुसको पहिलो पत्र 2:15
यसर्थ जब तिमीहरू असल कर्म गर्छौ, जसले तिमीहरूको विषयमा मूर्खतापूर्वक कुरा गर्छ उसको मुख थुन। परमेश्वरले चाहनु भएको कुरा यही हो।
Explore पत्रुसको पहिलो पत्र 2:15
Home
Bible
Plans
Videos