1
गलाती 2:20
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
म क्रूसमा ख्रीष्टसँगै मारिएको छु, तैपनि म जिउँछु। त्यसैकारण मभित्र म जिउँदिनँ, ख्रीष्ट जिउनुहुन्छ। यो अहिले शरीरमा जिएको जीवन म परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु। उहाँले नै मलाई माया गर्नुभयो र आफ्नो जीवनै मेरो लागि दिनुभयो।
Compare
Explore गलाती 2:20
2
गलाती 2:21
म परमेश्वरको अनुग्रहलाई हेला गर्न सक्तिनँ। यदि मानिस व्यवस्थाले ठीक हुन्छ भने त ख्रीष्ट बलि हुनु बेकार थियो।
Explore गलाती 2:21
3
गलाती 2:15-16
हुन त हामी जन्मैका इस्राएली हौं, अरू जातिका पापी मानिसजस्ता होइनौं। तर कुनै पनि मानिस व्यवस्था मानेर होइन तर येशू ख्रीष्टमा विश्वास गरेर परमेश्वरको सामु ठीक ठहरिन्छ। यो कुरा जानेर हामीले पनि परमेश्वरका सामु ठीक ठहरिन ख्रीष्ट येशूमा विश्वास गरेका छौं तर व्यवस्था मानेर त होइन।
Explore गलाती 2:15-16
Home
Bible
Plans
Videos