1
हितोपदेश 22:6
नेपाली नयाँ संशोधित संस्करण
NNRV
बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन।
Compare
Explore हितोपदेश 22:6
2
हितोपदेश 22:4
नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्याउँछ।
Explore हितोपदेश 22:4
3
हितोपदेश 22:1
धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु वाञ्छनीय हुन्छ, सम्मानित हुनु चाँदी वा सुनभन्दा उत्तम हो।
Explore हितोपदेश 22:1
4
हितोपदेश 22:24
गरम मिजासको मानिसलाई मित्र नबना, सितिमिति रिसाउने मानिससँग सङ्गत नगर्
Explore हितोपदेश 22:24
5
हितोपदेश 22:9
उदार मानिसले आफै पनि आशिष् पाउनेछ, किनभने त्यसले आफ्नो भोजन गरीबलाई बाँड्छ।
Explore हितोपदेश 22:9
6
हितोपदेश 22:3
बुद्धिमान्ले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ, तर सोझोचाहिँ त्यसैतिर जान्छ र दु:ख भोग्छ।
Explore हितोपदेश 22:3
7
हितोपदेश 22:7
धनीले गरीबमाथि प्रभुत्व जमाउँछ, र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ।
Explore हितोपदेश 22:7
8
हितोपदेश 22:2
धनी र गरीब यस कुरामा समान छन्, कि सबैलाई बनाउनुहुने परमप्रभु नै हुनुहुन्छ।
Explore हितोपदेश 22:2
9
हितोपदेश 22:22-23
तिनीहरू असहाय छन् भन्दैमा गरीबमाथि शोषण नगर्, र दीन-हीनलाई अदालतमा पेल्ने काम नगर्, किनभने परमप्रभुले तिनीहरूको मुद्दा आफ्नो हातमा लिनुहुनेछ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले लुट्नुहुनेछ।
Explore हितोपदेश 22:22-23
Home
Bible
Plans
Videos