1
हितोपदेश 11:25
नेपाली नयाँ संशोधित संस्करण
NNRV
उदार मानिसको फलिफाप हुन्छ, अरूलाई उत्साह दिने व्यक्तिले आफू पनि नयाँ उत्साह प्राप्त गर्नेछ।
Compare
Explore हितोपदेश 11:25
2
हितोपदेश 11:24
कोही मानिसले उदार हातले दिन्छ र अझ बढ़ी पाउँछ, अर्कोले दिन सक्ने पनि दिँदैन, र दरिद्रतामा पर्छ।
Explore हितोपदेश 11:24
3
हितोपदेश 11:2
जब अहङ्कार आउँछ, तब अपमान पनि आइलाग्छ, तर नम्रताले बुद्धि ल्याउँछ।
Explore हितोपदेश 11:2
4
हितोपदेश 11:14
पथप्रदर्शनको अभावले देशको पतन हुन्छ, तर धेरै सल्लाहकारहरूको कारण विजय निश्चित हुन्छ।
Explore हितोपदेश 11:14
5
हितोपदेश 11:30
धर्मात्माको फल जीवनको रूख हो, अनि जसले मानिसहरू उद्धारमा ल्याउँछ, त्यो बुद्धिमान् हो।
Explore हितोपदेश 11:30
6
हितोपदेश 11:13
कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँछ, तर विश्वसनीय मानिसले कुरा गुप्तमै राख्छ।
Explore हितोपदेश 11:13
7
हितोपदेश 11:17
दयालु हुनाले मानिसको आफ्नै हित हुन्छ, तर निर्दयी मानिसले आफैमाथि सङ्कष्ट ल्याउँछ।
Explore हितोपदेश 11:17
8
हितोपदेश 11:28
जसले आफ्नो सम्पत्तिमा भरोसा राख्छ, त्यसको पतन हुनेछ, तर धर्मीचाहिँ हरियो पातझैँ मौलाउनेछ।
Explore हितोपदेश 11:28
9
हितोपदेश 11:4
क्रोधको दिनमा धन-सम्पत्ति केही मोलको हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ।
Explore हितोपदेश 11:4
10
हितोपदेश 11:3
ईमानदारी नै सोझाहरूको पथ-प्रदर्शक हो, तर विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्।
Explore हितोपदेश 11:3
11
हितोपदेश 11:22
सुँगुरको नाकमा सुनको नत्थ भएझैँ एक विवेकहीन सुन्दरी स्त्री पनि हो।
Explore हितोपदेश 11:22
12
हितोपदेश 11:1
छलको तराजूलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठीक तौलदेखि उहाँ प्रसन्न हुनुहुन्छ।
Explore हितोपदेश 11:1
Home
Bible
Plans
Videos