1
गन्ती 13:30
नेपाली नयाँ संशोधित संस्करण
NNRV
तब कालेबले मोशाको सामु मानिसहरूलाई शान्त गराएर भने, “हामी तुरुन्त त्यहाँ गएर त्यो देश कब्जा गरौं, किनभने त्यो हामी अवश्य जित्न सक्छौं।”
Compare
Explore गन्ती 13:30
2
गन्ती 13:33
त्यहाँ हामीले नेफिलीमहरू देख्यौं, जसबाट अनाकका सन्तान आएका छन्। उनीहरूका सामु त हामी आफैलाई फटेङ्ग्राजस्तै लाग्यो। तिनीहरूका नजरमा हामीहरू त्यस्तै देखिन्थ्यौं।”
Explore गन्ती 13:33
3
गन्ती 13:31
तर तिनीसँग जाने मानिसहरूले भने, “ती मानिसहरूका विरुद्धमा जान हामी सक्नेछैनौं, किनकि ती हामीभन्दा बलिया छन्।”
Explore गन्ती 13:31
4
गन्ती 13:32
भेद लिन गएको देशबाट नराम्रो खबर सुनाएर तिनीहरूले इस्राएलीहरूलाई भने, “हामीले भेद लिएर आएको देशले त आफ्नै बासिन्दाहरूलाई निलिहाल्दोरहेछ, र हामीले त्यहाँ देखेका मानिसहरू दैत्यजस्ता रहेछन्।
Explore गन्ती 13:32
5
गन्ती 13:27
तिनीहरूले मोशालाई यसो भने, “तपाईंले पठाउनुभएको ठाउँमा हामी पुग्यौं। साँच्ची नै त्यहाँ दूध र मह बग्दारहेछन्, अनि त्यसको फलफूल यही हो।
Explore गन्ती 13:27
6
गन्ती 13:28
तर त्यहाँ बस्ने मानिसहरू बलिया रहेछन् र सहरहरू पर्खालले घेरिएका र ज्यादै ठूला-ठूला रहेछन्। त्यसबाहेक हामीले त्यहाँ अनाकका सन्तानहरू पनि देख्यौं।
Explore गन्ती 13:28
7
गन्ती 13:29
नेगेव भनिने दक्षिण क्षेत्रमा अमालेकीहरू, र पहाड़ी क्षेत्रमा हित्ती, यबूसी र एमोरीहरू, अनि समुद्रको नजिक र यर्दन नदीको किनारमा कनानीहरू बस्दारहेछन्।”
Explore गन्ती 13:29
8
गन्ती 13:26
तिनीहरू फर्केर पारानको मरुभूमि भएको कादेशमा मोशा, हारून र इस्राएलीका सारा समुदायकहाँ आए, र सारा समुदायलाई सम्पूर्ण वृत्तान्त बताइदिए, र तिनीहरूलाई त्यस देशका फलफूल देखाए।
Explore गन्ती 13:26