1
यशैया 9:6
नेपाली नयाँ संशोधित संस्करण
किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ। हाम्रा निम्ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ।
Compare
Explore यशैया 9:6
2
यशैया 9:2
अन्धकारमा हिँड्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युको छायाको देशमा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ।
Explore यशैया 9:2
3
यशैया 9:7
उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिल्यै हुनेछैन। दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन, त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ। सर्वशक्तिमान् परमप्रभुको जोशले यो पूरा गर्नेछ।
Explore यशैया 9:7
4
यशैया 9:5
लड़ाइँमा प्रयोग गरेको हरेक सिपाहीका जुत्ता र रगतमा मुछिएको हरेक पोशाक जलाउनलाई छुट्याइएको हुनेछ र आगोको निम्ति इन्धन हुनेछ।
Explore यशैया 9:5
5
यशैया 9:1
तापनि सङ्कष्ट परेकाहरूका निम्ति नैराश्य हुनेछैन। पहिले त उहाँले जबूलूनको देश र नप्तालीको देशलाई नम्र तुल्याउनुभयो, तर भविष्यमा उहाँले यर्दनका किनारको समुद्र नजिकैको अन्यजातिहरूको गालीललाई सम्मानित तुल्याउनुहुनेछ।
Explore यशैया 9:1
6
यशैया 9:3
तपाईंले त्यस जातिको वृद्धि गराउनुभएको छ र तपाईंले तिनीहरूका आनन्द बढ़ाउनुभएको छ। कटनीको बेलामा मानिसहरू रमाएझैँ तिनीहरू तपाईंको सामुन्ने रमाउनेछन्, र लूटका माल बाँड्दा मानिसहरू खुशी भएझैँ तिनीहरू खुशी हुन्छन्।
Explore यशैया 9:3
7
यशैया 9:4
किनकि तपाईंले त्यसको बोझाको जुवा र त्यसको काँधको नोल, र त्यसलाई अत्याचार गर्नेको लाठो मिद्यानको हारको दिनमा भएझैँ चकनाचूर पारिदिनुभएको छ।
Explore यशैया 9:4
YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy
Home
Bible
Plans
Videos