1
२ कोरिन्थी 4:18
नेपाली नयाँ संशोधित संस्करण
हामी दृश्य कुरालाई होइन, तर अदृश्य कुरालाई हेर्छौं, किनभने दृश्य कुरा क्षणिक हुन्छन्, तर अदृश्य कुराचाहिँ अनन्तसम्म रहन्छन्।
Compare
Explore २ कोरिन्थी 4:18
2
२ कोरिन्थी 4:16-17
यसकारण हामी हरेस खाँदैनौं। हाम्रो बाह्य मनुष्यत्व नाश हुँदैगए तापनि हाम्रो आत्मिक मनुष्यत्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ। किनकि हाम्रो हलुको र क्षणभरको कष्टले हाम्रा निम्ति अतुलनीय तथा अनन्तको महान् महिमा तयार गरिरहेछ।
Explore २ कोरिन्थी 4:16-17
3
२ कोरिन्थी 4:8-9
हामी सबैतिरबाट कष्टित छौं, तर किचिएका छैनौं। अन्योलमा परेका छौं, तर हताश भएका छैनौं। सताइएका छौं, तापनि त्यागिएका छैनौं। प्रहार गरेर ढलेका छौं, तापनि नष्ट पारिएका छैनौं।
Explore २ कोरिन्थी 4:8-9
4
२ कोरिन्थी 4:7
सर्वश्रेष्ठ शक्ति हाम्रो होइन तर परमेश्वरको हो भनी प्रष्ट पार्न यो धन हामीसित माटोका भाँड़ाहरूमा छ।
Explore २ कोरिन्थी 4:7
5
२ कोरिन्थी 4:4
तिनीहरूका विषयमा भनौं भने ख्रीष्ट, जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखून् भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ।
Explore २ कोरिन्थी 4:4
6
२ कोरिन्थी 4:6
जुन परमेश्वरले “अँध्यारोबाट ज्योति चम्कोस्” भन्नुभयो, उहाँ हाम्रा हृदयमा चम्कनुभएको छ, ताकि परमेश्वरका महिमाको ज्ञानको ज्योति ख्रीष्टको मुहारमा चम्कोस्।
Explore २ कोरिन्थी 4:6
YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy
Home
Bible
Plans
Videos