YouVersion Logo
Search Icon

Plan Info

परमेश्‍वरलाई सुन्नुनमूना

Listening To God

DAY 5 OF 7

बन्द कानका लक्षणहरु



आदम र हव्वाले परमेश्‍वरलाई पहिले नै चिनेका थिए! तिनीहरूको परिवारका सदस्यहरूको आउने पुस्ताले पनि परमेश्वरलाई चिनेका थिए वा कमसेकम उहाँको बारेमा राम्ररी थाहा पाएका थिए । बिस्तारै, धेरै वर्षको अन्तरालमा, अधिकांश मानिसहरूले परमेश्वरलाई आफ्नो सृष्टिकर्ताको रूपमा धन्यवाद दिन र स्वीकार गर्न छोडे। पाप बढ्दैगयो ।


धेरैजसो पापहरू अझ गहिरो गरी जरा गाडिएका पापका लक्षणहरू हुन्ः परमेश्वरको सत्यताप्रति हाम्रो कान बन्द गर्ने र झूट सुन्ने पाप । जब हामीले परमेश्वरलाई सबै असल चीजहरूको दाता भनेर चिन्न छोड्छौं, हामी स्पष्ट रूपमा देख्न छोड्छौं । हामी बुद्धिमानीपूर्वक विचार गर्न छोड्छौं । हामी सत्य सुन्न अस्वीकार गर्छौं । रोमी अध्याय एकले यो वास्तविकतालाई स्पष्ट रूपमा प्रकट गर्दछ ।


र यहाँ एउटा महत्वपूर्ण भनाइ छः सत्य सुन्न इन्कार गर्नु मुख्य रूपमा, परमेश्वरलाई अस्वीकार गर्नु हो ।अब, ख्रीष्टियनरू भएको कारण हामी स्पष्ट रूपमा परमेश्वरको वचनलाई सत्यको रूपमा अँगाल्छौं । तर हामीले हाम्रा कानहरू बन्द राख्नुपर्छ र झूटा सत्यलाई चिनेर यसलाई अस्वीकार गर्दै परमेश्वरको आवाजमा अडिग हुनु पर्दछ ।


सत्यलाई अस्वीकार गर्नेहरूले अक्सर अरूलाई आफ्नो छलमा तान्छन् भन्ने तथ्य पनि उत्तिकै गम्भीर छ, जसरी हामीले उत्पत्तिको आजको अध्ययनबाट सिकेका छौं । यी प्रश्नहरूको बारेमा सोच्नुहोस् । तपाईंले परमेश्वरको कुरा सुन्नुभएन भने कसलाई खतरा हुन्छ? तपाईको जीवनसाथी? तपाईंका साथीहरु? तपाईंको हाकिम? तपाईंका छोराछोरी? हुनसक्छ एक कुनै अपरिचित व्यक्ति जसलाई परमेश्वरले तपाईंले सेवा गरेको चाहनुहुन्छ?


मलाई लाग्छ कि अहिले मैले यहाँ लेख्न एकक्षण स्थगित गर्न राम्रो हुनेछ, ताकि तपाईंले प्रार्थनापूर्वक परमेश्वरबाट सुन्न सक्नुहुनेछ ।


परमेश्वर पितालाई सोध्नुहोस्ः के तपाईंले मलाई मैल विश्वास गरेको कुनै पनि झुट देखाइदिनुहुन्छ?


आजको उपासनाको निम्ति गीत सिफारिसः हिलसङ उपासनाद्वारा "अरु नाउँमा होइन"




धर्मशास्त्र

Day 4Day 6

About this Plan

Listening To God

एमी ग्रोशेलले यो सात दिने बाइबल पाठलाई यो आशामा लेख्नुभएको छ कि यो सन्देश, हाम्रो प्रेमिलो बुबाको हृदयबाट तपाईंको हृदयसम्म पुगोस्। उहाँको प्रार्थना यो हो कि यसले तपाईंलाई विरोधको आवाजबाट बच्न सिकाउँछ र उहाँको आवाजमा ध्या...

More

हामी life.churchलाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः www.life.church

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy