YouVersion Logo
Search Icon

Plan Info

परमेश्‍वरलाई सुन्नुनमूना

Listening To God

DAY 1 OF 7

परमेश्‍वरको आवाज सुन्नु

अय्यूब जस्तै, म मेरो दैनिक भोजन भन्दा बढी परमेश्‍वरको वचन र निर्देशनको कदर गर्न चाहन्छु । हैन त रु यशैयाको खण्डमा सिकाएको जस्तै, म हिँड्नुपर्ने बाटोको बारेमा मेरो पछाडीबाट आएको आवाजलाई सुन्न म सक्षम हुन चाहन्छु।

तर, म उहाँको आवाज कसरी सुन्न सक्छु? र, के उहाँ साँच्चै बोल्दै हुनुहुन्छ? याद रहोस, परमेश्‍वर एक संचारक हुनुहुन्छ । उहाँले संचारको उपहार सिर्जना गर्नुभयो। यसको मतलब उहाँ बोल्नुहुन्छ, र हामीसँग उहाँलाई सुन्न सक्ने क्षमता छ – र उहाँको आवाजमा प्रतिक्रिया दिन पनि। यदि परमेश्‍वर अझै बोल्दै हुनुहुन्छ भने, हामीले उहाँको आवाजलाई चिन्न र सुन्नको लागि हाम्रो शक्तिमा भएको सबै कुरा गर्नुपर्छ ! सुन्ने कार्य भनेको साँचो सञ्चारको लागि अत्यन्तै आवश्यक छ, तर प्रायः गम्भीर रूपमा यसको अभाव पनि छ।

पहिले, परमेश्‍वरले हामीसँग बोल्ने केही तरिकाहरूको बारेमा हेरौं।

परमेश्‍वर आफ्नो वचन मार्फत बोल्नुहुन्छ। परमेश्‍वरले पहिले नै परमेश्‍वरको वचन मार्फत हाम्रो लागि उहाँको धेरै इच्छा र योजना प्रकट गरिसक्नु भएको छ। उहाँको वचन पढेर समय बिताउनु भनेको नै उहाँबाट प्रत्यक्ष सुन्ने सबैभन्दा बलियो तरिका हो।

परमेश्‍वरले कानेखुसी मार्फत बोल्नुहुन्छ। उहाँले प्रायः हाम्रा आत्माहरूसँग सुस्केरामा बोल्नुहुन्छ, हामीलाई सपनाहरू, दर्शनहरू दिनुहुन्छ, वा हामीलाई हाम्रो परिस्थितिहरू मार्फत निर्देशन दिनुहुन्छ। उहाँले हाम्रा विचारहरूलाई उहाँका योजनाहरूमा निर्देशित गर्नुहुन्छ ।.

परमेश्‍वरले उहाँका मानिसहरू मार्फत बोल्नुहुन्छ। कहिलेकाहीं परमेश्‍वरले अन्य ख्रीष्टियनहरू मार्फत हाम्रो लागि आफ्नो हृदय बोल्नुहुनेछ। यो प्रोत्साहन, सुधार, वा निर्देशनको रूपमा हुन सक्छ।

मेरो प्रार्थना यही छ कि यो छोटो, सात–दिनको अध्ययन योजना हाम्रो प्रेमिलो बुबाको हृदयबाट सीधा आएको होस्, जसले तपाईंलाई विरोधी कोलाहलबाट जोगिन, उहाँको आवाजमा ध्यान केन्द्रित गर्न र तपाईंको हृदयलाई पूर्ण रूपमा उहाँमा मोहित हुन सिकाउनेछ।

बुबालाई सोध्नुहोस्ः एक असल श्रोता बन्न मैले के गर्नुपर्छ?

आजको आराधना गीतः किम वाकर–स्मिथको “यिल्ड माई हार्ट”


धर्मशास्त्र

Day 2

About this Plan

Listening To God

एमी ग्रोशेलले यो सात दिने बाइबल पाठलाई यो आशामा लेख्नुभएको छ कि यो सन्देश, हाम्रो प्रेमिलो बुबाको हृदयबाट तपाईंको हृदयसम्म पुगोस्। उहाँको प्रार्थना यो हो कि यसले तपाईंलाई विरोधको आवाजबाट बच्न सिकाउँछ र उहाँको आवाजमा ध्या...

More

हामी life.churchलाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः www.life.church

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy