YouVersion Logo
Search Icon

Plan Info

परमेश्‍वरलाई सुन्नुनमूना

Listening To God

DAY 3 OF 7

तपाईंको आत्मिकी जीवनको सल्लाहकार बोर्डमा को हुनुहुन्छ?

परमेश्‍वरले अक्सर उहाँको इच्छा र बुद्धिका कुरा ख्रीष्टलाई पछ्याउने मानिसहरू मार्फत तपाईलाई बताउनुहुनेछ। मेरो हृदयमा सन्देश पुर्‍याउनको लागि परमेश्‍वरले अर्को ख्रीष्टियनलाई प्रयोग गर्नुभएको समयको गन्ती पनि गर्न सक्दिन। म मेरा पास्टरहरू, पोडकास्टहरू, मेरा साथीहरू, मेरा छोराछोरीहरू, ब्लगरहरू, वा मेरो लाइफसमूहमा कसैको माध्यमबाट उहाँका कानेखुसीहरू म सुन्छु। म वास्तवमा ती मध्ये केहीलाई मेरो आत्मिकी जीवनका सल्लाहकार बोर्डको रूपमा हेर्छु। मेरा सल्लाहकारहरू भनेकाः मेरो जीवनसाथी, मेन्टर, प्रार्थनागर्ने मानिसहरू,मेरा मित्रहरू, र मेरो आमाबाबु हुन्।


तपाईंको अभ्यास कस्तो छ ? के तपाईं तपाईंले आदर गरेका विश्वासीहरूलाई खोजेर र तनिहिरूको कुरा सुन्नुहुन्छ? अन्य ख्रीष्टियनहरू (विशेष गरी परमेश्‍वरको वचनमा बढ्दै गएका र वचनलाई आधार बनाएकाहरू) सँग निरन्तर सम्पर्कमा रहनु तपाईंको आफ्नै व्यक्तिगत विश्वास यात्राको लागि महत्त्वपूर्ण हुन्छ।


यद्यपि तिनीहरूको कुरा सुनेर मात्र पुग्दैन। के तपाइँ तपाइँले सुनेको सल्लाह वा बुद्धिका कुराहरूलाई अक्सर लागू गर्नुहुन्छ वा व्यवहारमा गर्नुहुन्छ?


ख्रीष्टियन समुदायमा सामेल हुनुहोस् । आफ्नो विश्वासी परिवारलाई सुन्नुहोस्। हामीलाई उनीहरूको आवश्यकता छ, र उनीहरूलाई तपाइँको आवश्यकता छ। हितोपदेश १८ः२ पाठले हामीलाई स्पष्ट रूपमा बताउँछ कि “मैले सबै जानेको छु,” भनेर भन्नु गल्ती हो।


व्यक्तिगत रूपमा, म मूर्ख बन्न चाहन्न। मलाई सहयोग चाहिन्छ। मलाई बुद्धि चाहिन्छ। मैले परमेश्‍वरको निर्देशन, सुधार र स्नेह सुन्न सकूँ भनेर म नम्र हुन र सिक्नको लागि उत्सुक हुन आवश्यक छ। यसको लागि मेरो हृदय नम्र र सिक्नको तयारी हुनुपर्छ – किनकि परमेश्‍वरले प्रायः उहाँका अन्य सन्तान मार्फत हामीसँग कुरा गर्नुहुन्छ।


बुबालाई सोध्नुहोस्ः मेरो आत्मिकी सल्लाहकार बोर्डमा को हुन आवश्यक छ?


आजको आराधना गीतः विल रेगन र युनाइटेड पर्सुइटको “सेट अ फायर”


Day 2Day 4

About this Plan

Listening To God

एमी ग्रोशेलले यो सात दिने बाइबल पाठलाई यो आशामा लेख्नुभएको छ कि यो सन्देश, हाम्रो प्रेमिलो बुबाको हृदयबाट तपाईंको हृदयसम्म पुगोस्। उहाँको प्रार्थना यो हो कि यसले तपाईंलाई विरोधको आवाजबाट बच्न सिकाउँछ र उहाँको आवाजमा ध्या...

More

हामी life.churchलाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः www.life.church

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy