परमेश्‍वरलाई सुन्नुनमूना

Listening To God

दिन 2 को 7

कृपया, के मलाईं ध्यान दिन सक्नुहुन्छ ?

त्यहाँ एक सुन्ने कुरा छ, र अर्को । ध्यानपूर्वक सुन्ने कुरा पनि छ.
सुन्नु भनेको आवाज वा जानकारी बुझ्ने क्षमता हो।
ध्यानपूर्वक सुन्नु भनेको वास्ता सहित ध्यान दिनु हो.

आजको यर्मिया अगमवक्ताको पुस्तकको खण्ड निकै दुःखलाग्दो छ, तर दुःखको कुरा यो असामान्य भने छैन। पुरानो करारका यी विवरणहरू ठूला रातो झण्डाहरू हुन् जसले हामीलाई हाम्रो सम्पूर्ण हृदय, समझ र शक्तिले परमेश्‍वरलाई पूर्ण ध्यान दिँदैनौं भने अगाडि खतराको चेतावनी दिन्छ। किन? यदि हामीले परमेश्‍वर र उहाँका मार्गहरूमा ध्यान दिएनौं भने, हामी गलत दिशामा जाँदछौं – अगाडि नभएर पछाडि जाँदछौं। अक्सर, यी गलत मार्गहरूले हामीलाई अँध्यारो र विनाशकारी ठाउँहरूमा लैजान्छ.

हाम्रो ध्यान भट्काउने कुराहरू सामान्यतया केहि निर्दोष आकर्षक प्रलोभनहरू हो जस्तै पूर्ण तालिका, बालबालिका हुर्काउने, केहि चीजको खोजी, वा इलेक्ट्रोनिक ग्याजेट र विभिन्न रमाइला खेल सामग्रीहरू इत्यादी!

मलाईं लाग्छ कि, मेरा छ जना छोराछोरीहरूको श्रवणशक्ति पूर्ण छ, तर प्रायः तिनीहरूको ध्यानपूर्वक सुन्ने क्षमता निष्क्रिय हुन सक्छ । कहिलेकाहीँ एक मात्र चीज जसले उनीहरूको ध्यान खिच्छ त्यो भनेको मेरो गोप्य कोड शब्द “आइसक्रिम,” हो। तुरुन्तै तिनीहरूले प्रतिकृया जनाउछन्, “वाह! साँच्चै हो आमा?” म त्यसपछि स्वीकार गर्छु, “होइन, मलाई तिमीहरूको ध्यान चाहिएको थियो!”

इमानदारीपूर्वक, म एक निष्क्रिय श्रोता पनि हुन सक्छु, जस्तै जब स्मार्ट फोनमा मेरो एकाग्रता हुन्छ, म मेरो परिवारले भनेको कुरा कम सुन्छु अनि भन्छु, “हजुर प्यारो श्रीमान, के भन्नुभयो, फेरी भन्नुहोस् त ।”

हामी यी साधारण लाग्ने कुराहरूमा हाँस्न सक्छौं, तर यो वास्तवमै ठीक होइन। यो मानिसहरूप्रति एक अपमानजनक व्यवहार हो । र जब परमेश्‍वरलाई बेवास्ता गर्ने कुरा आउँछ, यो दुःखद रूपमा उहाँलाई कम मूल्याङ्कन गर्ने र पूर्ण रूपमा विद्रोही व्यवहार हो.

यदि हामी हाम्रो स्वर्गीय पितालाई पूर्ण रूपमा पछ्याउन जाँदैछौं भने, हामीले उहाँका सन्देशहरूमा ध्यान दिनु आवश्यक छ१ याद रहोस् कि, उहाँको ईश्वरीय संचार विभिन्न ढाँचाहरूमा आउँछः उहाँको वचन, एक सँगी विश्वासीको सल्लाह, एक बाइबल योजना पाठ, एक सपना वा दर्शन, एक कानेखुसी, वा एक विचार। हो, परमेश्‍वरको संचारको तौरतरिका विशाल छ किनकि उहाँ एक महान परमेश्‍वर हुनुहुन्छ र एक संचार विशेषज्ञ हुनुहुन्छ जो तपाईसँग निरन्तर जोडिन चाहानुहुन्छ!

पितालाई सोध्नुहोस्ः तपाईंमा ध्यान केन्द्रित गर्न मलाई कुन कुराले विचलित गरिरहेको छ?

आजको प्रस्तावित आराधनाको गीतः “First” by Lauren Daigle

यस योजनाको बारेमा

Listening To God

एमी ग्रोशेलले यो सात दिने बाइबल पाठलाई यो आशामा लेख्नुभएको छ कि यो सन्देश, हाम्रो प्रेमिलो बुबाको हृदयबाट तपाईंको हृदयसम्म पुगोस्। उहाँको प्रार्थना यो हो कि यसले तपाईंलाई विरोधको आवाजबाट बच्न सिकाउँछ र उहाँको आवाजमा ध्यान केन्द्रित गर्न तपाईंलाई जगाउँछ।

More

हामी life.churchलाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः www.life.church