मैले फेरि मास्तिर हेरेँ, र त्यहाँ मेरो अगि काँसाका दुई वटा पर्वतहरूका बीचबाट चार वटा रथहरू आइरहेका थिए। पहिलो रथका घोडाहरू राता, दोस्रो रथका घोडाहरू काला थिए; तेस्रो रथका सेता र चौथो रथका घोडाहरू टाटे-पाङ्ग्रे थिए। ती सबै शक्तिशाली थिए। मसँग कुरा गरिरहने स्वर्गदूतलाई मैले सोधेँ, “मेरा प्रभु, यी के हुन्?” तब स्वर्गदूतले मलाई जवाफ दिए, “यी स्वर्गका चार आत्माहरू हुन्, जो सारा संसारका प्रभुको उपस्थितिमा उभिरहेका ठाउँबाट बाहिर निस्केर गइरहेका छन्। काला घोडाहरू भएको रथ उत्तर देशतिर गइरहेको छ, सेता घोडाहरू भएको रथ पश्चिमतिर, र टाटे-पाङ्ग्रे घोडाहरू भएको रथचाहिँ दक्षिणतिर गइरहेको छ।” ती शक्तिशाली घोडाहरू बाहिर गइसकेपछि तिनीहरू पृथ्वीभरि चारैतिर जानलाई आतुर थिए। अनि तिनले भने, “पृथ्वीभरि चारैतिर जाओ!” यसकारण तिनीहरू पृथ्वीभरि चारैतिर गए। तब स्वर्गदूतले मलाई कराएर भने, “हेर, ती उत्तरी देशतिर जानेहरूले उत्तरको देशमा मेरो क्रोधलाई विश्राम दिएका छन्।”
जकरिया 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: जकरिया 6:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू