तब म चारैपट्टि घुमें। मैले माथि हेरें अनि चारवटा रथ दुइवटा काँसको पर्वतहरूको बीचबाट जाँदै गरेको देखें। पहिलो रथ रातो घोडाहरूले तानिरहेका थिए, दोस्रो रथ काला घोडाहरूले तानिरहेका थिए। तेस्रो रथ सेता घोडाहरूले तानिरहेका थिए, अनि चौथो रथ पाङ्ग्रे घोडाहरूले तानिरहेका थिए। तब मैले कुरा गरिरहेका ती स्वर्गदूतलाई सोधें, “महाशय यी सबको अर्थ के होला?” स्वर्गदूतले भने, “तिनीहरू स्वर्गका चार हावाहरू (वा आत्माहरू) हुन्। तिनीहरू सम्पूर्ण पृथ्वीका मालिक बाट आइरहेका छन्। काला घोडाहरू उत्तर तिर जानेछन्, अनि सेता घोडाहरू तिनीहरूलाई पछ्याउँदै पश्चिमतिर जाने छन्, र पाङ्ग्रे घोडाहरू दक्षि जानेछन्।” बलियो घोडाहरू पृथ्वी माथि जान लाई तम्सि रहेका छन्। यस कारण स्वर्गदूतले तिनीहरूलाई भने, “जाऊ पृथ्वीको चारैतिर घुम।” यसकारण, तिनीहरू पृथ्वीभरि गए। तब परमप्रभुले मलाई जोडसँग बोलाउनु भयो। उहाँले भन्नुभयो, “हेर त्यो घोडा जुन उत्तर तिर गए तिनीहरूले बेबिलोनमा आफ्नो काम गरेर मेरो आत्मालाई त्यहाँ आराम दिएको छ, अब म उत्तर भूमिसित क्रोधित छैन!”
जकरियाको पुस्तक 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: जकरियाको पुस्तक 6:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू