जकरिया 6:1-8

जकरिया 6:1-8 सरल नेपाली

अर्को दर्शन मैले देखें। यसपालि काँसाका दुईवटा पर्वतहरूका बीचबाट चार वटा रथहरू आइरहेका मैले देखें। पहिलो रथ राता घोडाहरूले, दोस्रो रथ काला घोडाहरूले, तेस्रो रथ सेता घोडाहरूले र चौथो रथ टाटे-पाङ्ग्रे घोडाहरूले तानेका थिए। तब मैले स्‍वर्गदूतलाई सोधें, “प्रभु, यी रथहरूको अर्थ के हो?” उनले उत्तर दिए, “यी चार वायु हुन्। सारा जगत्‌को मालिकको सामुन्‍नेबाट भर्खर आइरहेका छन्।” काला घोडाहरूले तानेको रथ उत्तर बेबिलोनतर्फ गइरहेको थियो। सेता घोडाहरू पश्‍चिमतर्फ र टाटे-पाङ्ग्रे घोडाहरू दक्षिणको देशतर्फ गइरहेका थिए। बलिया-बलिया घोडाहरू निस्‍केर पृथ्‍वीको फेरो लाउन हतारिंदै थिए। स्‍वर्गदूतले भने, “जाओ, गएर पृथ्‍वीको फेरो लगाओ।” तिनीहरूले त्‍यसै गरे। तब स्‍वर्गदूतले कराएर मलाई भने, “उत्तर बेबिलोनतिर जाने घोडाहरूले परमप्रभुको आत्‍मालाई शान्‍त गराएका छन्।”

जकरिया 6 पढ्नुहोस्