फिलिप्पी 4:1-7

फिलिप्पी 4:1-7 NCV

यसकारण मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई प्रेम गर्दछु र तिमीहरूको चाहना गर्दछु। तिमीहरू नै मेरो आनन्द र मुकुट हौ। हे मेरा प्रिय मित्रहरू, यसरी नै प्रभुमा स्थिर रहो। इयोदिया र सुन्तुखे दुवैलाई प्रभुमा एउटै मनका होऊन् भनी विनम्रपूर्वक म बिन्ती गर्दछु। अनि मेरो साँचो सहकर्मी, म तिमीलाई पनि बिन्ती गर्दछु, यी स्त्रीहरूलाई मदत गर। तिनीहरूले मसँगै सुसमाचारको निम्ति क्लेमेण्टसँग र मेरा अरू सहकर्मीहरूसँग जोशसँग परिश्रम गरेका छन्, जसको नाम जीवनको पुस्तकमा लेखिएका छन्। प्रभुमा सधैँ आनन्द गर; म फेरि पनि भन्दछु: आनन्द गर! तिमीहरूको नम्रता सबै मानिसहरूलाई थाहा होस्। प्रभुको आगमन नजिकै छ। कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्बिन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्‍वरमा जाहेर गरिऊन्। तब सबै समझभन्दा माथि रहेको परमेश्‍वरको शान्तिले, तिमीहरूका हृदय र तिमीहरूका मनलाई ख्रीष्‍ट येशूमा सुरक्षित राख्नेछ।

फिलिप्पी 4 पढ्नुहोस्