फिलिप्पी 4:1-7

फिलिप्पी 4:1-7 NNRV

यसकारण मेरा भाइहरू, म तिमीहरूलाई माया गर्दछु, र तिमीहरूको चाहना गर्दछु, तिमीहरू मेरा आनन्‍द र मुकुट हौ। मेरा प्रियहरू, यसरी नै प्रभुमा स्‍थिर रहो। म इयोदिया र सुन्‍तुखेलाई प्रभुमा एउटै मनका होओ भनेर आग्रहपूर्वक बिन्‍ती गर्दछु। विश्‍वासी सहकर्मी, म तिमीलाई पनि अनुरोध गर्दछु, कि यी स्‍त्रीहरूलाई मदत गर, किनकि यिनीहरूले मेरो साथसाथै सुसमाचारको काममा क्‍लेमेससँग र मेरा अरू बाँकी सहकर्मीहरूसँग परिश्रम गरेका छन्, जसका नाउँ जीवनको पुस्‍तकमा छन्‌। प्रभुमा सधैँ आनन्‍द गर। म फेरि पनि भन्‍दछु, आनन्‍द गर। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्‌। प्रभु नजिकै हुनुहुन्‍छ। कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्, र समझले नै भियाउन नसकिने परमेश्‍वरको शान्‍तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।