मेरा प्यारा भाइहरू, तिमीहरू नै मेरो लागि कति प्यारा छौ। म तिमीहरूलाई कति सम्झिरहन्छु। तिमीहरूले मलाई खुसी बनाएका छौ र म तिमीहरूमा गर्व गर्छु। मेरा प्यारा भाइहरू, यसरी नै तिमीहरू प्रभुमा दिगो भइरहो। इयोदिया र सुन्तुखेलाई तिमीहरू प्रभुमा दिदी-बहिनी भई मिल भन्ने मेरो बिन्ती छ। हे मेरो भरपर्दो सहकर्मी, यी स्वास्नी-मान्छेहरूलाई सहयोग देओ किनभने तिनीहरूले त सुसमाचार सुनाउन मसँगै दिलोज्यानले काम गरेका छन् अनि मसँग मात्र होइन, तिनीहरूले क्लेमेससँग र अरू जीवनको पुस्तकमा नाउँ हुने मेरा सहकर्मीहरूसँग पनि काम गरे। प्रभुमा सधैँ आनन्द मनाओ, फेरि भन्दछु, आनन्द मनाओ। तिमीहरूले सबैसँग राम्रो व्यवहार गर। प्रभु चाँडै आउनुहुन्छ। केही कुरामा पनि फिक्री नगर। तर तिमीहरूलाई खाँचो परेको कुरा प्रार्थनामा परमेश्वरलाई भन अनि धन्यवाद दिंदै बिन्ती चढाओ। परमेश्वरको शान्ति कसैले बुझ्नै नसक्ने छ। यही शान्तिले तिमीहरूको हृदय र मनलाई ख्रीष्ट येशूमा जोगाएर राख्नेछ।
फिलिप्पी 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: फिलिप्पी 4:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू