फिलिप्पीहरूलाई पावलको पत्र 4:1-7

फिलिप्पीहरूलाई पावलको पत्र 4:1-7 NERV

मेरा प्रिय दाज्यू-भाइ दिदी-बहिनीहरू, म तिमीहरूलाई माया गर्छु र भेट्न चाहन्छु। तिमीहरूले मलाई खुशी पार्यौ अनि तिमीहरूमाथि गर्वित तुल्यायौ। मैले सिकाए जस्तै प्रभुलाई पछ्याउन नछोड। मैले इयोदिया र सिन्तकेलाई पनि प्रभुमा त्यही मन लगाउन बिन्ती गरेकोछु। मेरा साथीहरू, जब तिमीहरूले मसित विश्वासी भएर सेवा गर्यौ मैले तिमीहरूलाई यी दुइ स्त्रीहरू जसले मसँग सुसमाचार प्रचार गर्न संर्घष गरे, तिनीहरूलाई सहायता गर भन्छु। मसित खट्ने क्लेमेण्ट र अरूहरूसितै यिनीहरू पनि खटेकाछन्। जीवनको पुस्तकमा तिमीहरूको नाउँपनि राखिएकोछ। सधैँ प्रभुमा आनन्द गर, म दोहोर्याउँछु आनन्दित होऊ। मानिसहरूले देखुन् कि तिमीहरू नम्र र दयालु छौ। प्रभु चाँडै आउनु हुनेछ। कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ। परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशू ख्रीष्टमा सुरक्षीत राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन्, यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौं।