मत्ती 13:13-17

मत्ती 13:13-17 NCV

यसैकारण म तिनीहरूसित दृष्‍टान्तद्वारा बोल्छु: “तिनीहरूले हेरे तापनि देख्नेछैनन्: तिनीहरूले सुने तापनि सुन्‍ने वा बुझ्नेछैनन्।” तिनीहरूमा यशैयाको अगमवाणी पूरा भयो: “ ‘तिमीहरू सुनिरहनेछौ, तर कहिल्यै बुझ्नेछैनौ; तिमीहरू देख्न त देख्छौ, तर कहिल्यै बुझ्नेछैनौ। किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्। तिनीहरूका कानले प्रायः सुन्दैनन्, अनि तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्। नत्रता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए, आफ्ना कानले सुन्‍नेथिए, आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’” “तर तिमीहरूका आँखा धन्यका हुन्; किनकि तिनले देख्छन्; अनि तिमीहरूका कान धन्यका हुन्; किनकि तिनले सुन्छन्। किनकि म तिमीहरूलाई साँच्‍चै भन्दछु, धेरै अगमवक्ताहरू र धर्मी मानिसहरूले तिमीहरूले देखेका कुराहरू हेर्ने उत्कट इच्छा गरेका थिए, तर देखेनन्। अनि तिमीहरूले सुनेका कुराहरू सुन्‍ने उत्कट इच्छा गरेका थिए, तर सुनेनन्।

मत्ती 13 पढ्नुहोस्