मत्ती 13:13-17

मत्ती 13:13-17 सरल नेपाली

त्‍यसैले मैले तिनीहरूलाई शिक्षा दिँदा दृष्‍टान्‍तको रूपमा सिकाएको हुँ किनभने तिनीहरूले हेरेर पनि देख्‍दैनन्, सुनेर पनि सुन्‍दैनन् र बुझ्‍दैनन् पनि। तिनीहरूसँग चाहिँ यशैया अगमवक्ताले भनेको यो कुरा ठ्याक्‍कै मिल्‍न आउँछ– तिमीहरू सुन्‍न त सुन्‍छौ तर बुझ्‍दैनौ, देख्‍न त देख्‍छौ तर थाहा पाउँदैनौ। ‘यी मानिसहरूको मन नै बोधो छ। तिनीहरूका कान नै बहिरा भएका छन् र तिनीहरूले आँखा चिम्‍लिएका छन्। नत्रता तिनीहरूले देख्‍ने र सुन्‍ने थिए र मनले बुझ्‍नेथिए अनि तिनीहरूले आफ्‍नो मन मतिर फर्काउने थिए र म तिनीहरूलाई निको पार्ने थिएँ।’ “तर तिमीहरूचाहिँ कति धन्‍य हौ। तिमीहरूका आँखाले देख्‍छन् र कानले सुन्‍छन्। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, तिमीहरूले देखेका र सुनेका यी कुराहरू धेरै अगमवक्ता र धर्मी मानिसहरूले देख्‍ने र सुन्‍ने ठूलो इच्‍छा गरेका थिए। तर तिनीहरूले देख्‍न पनि पाएनन्, सुन्‍न पनि पाएनन्।

मत्ती 13 पढ्नुहोस्