यसैकारण म तिनीहरूसँग दृष्टान्तमा बोल्दछु: ‘किनभने तिनीहरू हेर्न त हेर्छन्, तर देख्दैनन्, सुन्न त सुन्छन्, तर सुनेर बुझ्दैनन्।’ यशैयाको अगमवाणी तिनीहरूमा पूरा भएको छ: “सुन्न त तिमीहरू सुन्छौ, तर कहिल्यै बुझ्दैनौ, हेर्न त हेर्छौ, तर कहिल्यै देख्दैनौ। किनकि यी मानिसहरूको हृदय बोधो भएको छ, र तिनीहरूका कान बहिरा भएका छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूले आँखाले देख्नेथिए, कानले सुन्नेथिए, हृदयले बुझ्नेथिए, र फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’ तर तिमीहरूका आँखा धन्य हुन्, किनकि तिनले देख्तछन्। तिमीहरूका कान धन्य हुन्, किनकि तिनले सुन्छन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले देखेका कुरा धेरै अगमवक्ताहरूले र धर्मी जनहरूले हेर्न उत्कट इच्छा गरेथे, तर देखेनन्, अनि तिमीहरूले सुनेका कुरा सुन्न उत्कट इच्छा गरेथे, तर सुनेनन्।
मत्ती 13 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 13:13-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू