मत्तीको सुसमाचार 13:13-17

मत्तीको सुसमाचार 13:13-17 NERV

यसैले, ती मानिसहरूलाई उपदेश दिएँ म उखानहरू भन्ने छु तिनीहरू हेर्दछन्, तर देख्दैनन्। तिनीहरू सुन्छन् तर बुझ्दैनन्। यसरी यशैयाले जुन अगमवाणी गरे त्यो तिनीहरूमा पूर्ण भयो: ‘तिमीहरू सुन्न त सुन्छौ, तर बुझ्दैनौ। तिमीहरू हेर्न त हेर्छौ, तर देख्न सक्दैनौ। हो, यी मानिसहरूको हृदय कठोर भएको छ। कान भएर पनि यिनीहरू सुन्न सक्दैनन्, तिनीहरूका आँखा त छन्, ता पनि तिनीहरू देख्दैनन्। यस्तो भएको छ त्यसकारण तिनीहरूले आफ्ना आँखाले देख्दैनन्, आफ्ना कानले सुन्दैनन्, तिनीहरूका हृदयले बुझ्दैनन्, हैन भने तिनीहरू मकहाँ आउने थिए, सुन्ने थिए, अनि म तिनीहरूलाई निको पार्नेथिएँ।’ तर तिमीहरू धन्य छौ किनभने तिम्रा आँखाहरूले देख्न सक्छन्, अनि तिम्रा कानहरूले सुन्न सक्छन्। म तिमीहरूलाई साँच्चो भन्दछु। धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू पहिले तिमीहरूले देखेका कुराहरू हेर्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू देख्न सकेनन्। अनि धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू तिमीहरूले सुनेका कुराहरू पहिले सुन्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू सुन्न सकेनन्।