राजा अर्तसास्तका शासनकालमा बेबिलोनबाट मसँग फर्केर आउने परिवारका अगुवाहरू र तिनीहरूसँगै दर्ता गरिएका मानिसहरू यिनै हुन्: पीनहासका सन्तानहरू: गेर्शोम; ईतामारका सन्तानहरू: दानिएल; दावीदका सन्तानहरू: हत्तूश शकन्याहका सन्तानहरू; परोशका सन्तानहरू: जकरिया र तिनीसित सूचीमा लेखिएका 150 पुरुषहरू; पहत-मोआबका सन्तानहरू: जरयाहका छोरा एल्यहोएनै र तिनीसित 200 पुरुषहरू; जत्तूका सन्तानहरू: यहजीएलका छोरा शकन्याह र तिनीसित 300 पुरुषहरू; आदीनका सन्तानहरू: जोनाथनका छोरा एबेद र तिनीसित 50 पुरुषहरू; एलामका सन्तानहरू: अतल्याहका छोरा यशयाह र तिनीसित 70 पुरुषहरू; शपत्याहका सन्तानहरू: मिखाएलका छोरा जबदियाह र तिनीसित 80 पुरुषहरू थिए; योआबका सन्तानहरू: यहीएलका छोरा ओबदिया र तिनीसित 218 पुरुषहरू; बानीका सन्तानहरू: योसिप्याहका छोरा शलोमीत र तिनीसित एक सय 60 पुरुषहरू; बेबैका सन्तानहरू: बेबैका छोरा जकरिया र तिनीसित 28 पुरुषहरू; अज्गादका सन्तानहरू: हक्कातानको छोरा योहानान र तिनीसित 110 पुरुषहरू; अदोनीकामका सन्तानहरू: अन्तिममा आएकाहरू, जसका नामहरू एलीपेलेत, यीएल र शमायाह; अनि तिनीहरूसित 60 पुरुषहरू; बिग्वैका सन्तानहरू: ऊत्तै, जक्कूर र तिनीहरूसित 70 पुरुषहरू।
एज्रा 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एज्रा 8:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू