यी तिनीहरूका विस्थापित कुल वंशाका अगुवाहरू हुन् जो राजा आर्ट-जारसेज को शासनकालमा मसँग बाबेलदे आएकाथिए। पीनहासका कुलका; गेर्शोम, ईतामारका कुलबाट; दानियेल दाऊदका कुलबाटः हात्तूश; शकन्याहका कुलबाट; परोश, जकर्याह, अनि तिनीसित सूची भएका 150 मानिसहरू थिए; पहत-मोआबका कुलबाट; जरहियाहका छोरा एल्याहोएनै अनि तिनीसित 200 मानिसहरू; जत्तूका कुलहरूबाटः यहजीएलका छोरा शकन्याह अनि तिनीसित 300 मानिसहरू। आदीनका कुलबाटः जोनाथनका छोरा एबेद अनि तिनीसित 50 मानिसहरू। एलमाका कुलबाटः अतल्याहका छोरा यशयियाह अनि तिनीसित 70 मानिसहरू। शपत्याहका कुलबाटः मीकाएलका छोरा जबदियाह अनि तिनीसित 80 मानिसहरू। योआबका कुलबाटः यहीएलका छोरा ओबदिया अनि तिनीसित 218 मानिसहरू। बानीका कुलबाटः योसिपियाका छोरा शलोमीत अनि तिनीसित 160 मानिसहरू। बेबैका कुलबाटः बेबैका छोरा जकर्याह अनि तिनीसित 28 मानिसहरू। अज्गादका कुलबाटः हक्कातानका छोरा योहानान अनि तिनीसित 110 मानिसहरू। आखिरी चाँहि अदोनीकाम, सन्तानबाट थिए तिनीहरूका नाउँ: एलीपेलेत, यीएल र शमायाह तिनीसित 60 मानिसहरू थिए। बैग्बै कुलबाटः उत्तै, जब्बूद अनि तिनीहरू सित 70 मानिसहरू थिए।
एज्राको पुस्तक 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एज्राको पुस्तक 8:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू