बेबिलोनियामा कैदी भई बसेका र अर्तासास्त महाराजा छँदा एज्रासँग यरूशलेम फर्किआउने गोत्र— गोत्रका प्रधानहरूको नामावली यस्तो छ: पीनहासका गोत्रबाट: गेर्शोम ईतामारका गोत्रबाट: दानिएल दाऊदका गोत्रबाट: शकन्याहका छोरा हत्तूश परोशका गोत्रबाट: जकरिया र तिनीसँग आएका त्यस गोत्रका १५० जना पुरुष (उनीहरूको पुर्ख्यौलीसम्बन्धी कागज-पत्र थियो) पहत-मोआबका गोत्रबाट: जरयाहका छोरा एल्यहोएनै र उनीसित २०० जना पुरुष जत्तूका गोत्रबाट: यहासेलका छोरा शकन्याह र उनीसित ३०० जना पुरुष आदीनका गोत्रबाट: जोनाथनका छोरा एबेद र उनीसित ५० जना पुरुष एलामका गोत्रबाट: अतल्याहका छोरा यशयाह र उनीसित ७० जना पुरुष शपत्याहका गोत्रबाट: मिखाएलका छोरा जबदियाह र उनीसित ८० जना पुरुष योआबका गोत्रबाट: यहीएलका छोरा ओबदिया र उनीसित २१८ जना पुरुष बानीका गोत्रबाट: योसिपियाका छोरा शलोमीत र उनीसित १६० जना पुरुष बेबैका गोत्रबाट: बेबैका छोरा जकरिया र उनीसित २८ जना पुरुष अज्गादका गोत्रबाट: हक्कातानका छोरा योहानान उनीसित ११० जना पुरुष अदोनीकामका गोत्रबाट: एलीपेलेत, यीएल र शमायाह र तिनीहरूसित ६० जना पुरुष (तिनीहरू केही समयपछि फर्किआएका थिए।) बिग्वैका गोत्रबाट: उत्तै र जक्कूर र तिनीहरूसित ७० जना पुरुष।
एज्रा 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एज्रा 8:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू