इजकिएल 48:1-9

इजकिएल 48:1-9 NCV

“नामअनुसार सूचित गरिएका कुलहरू यिनै हुन्: “उत्तरी सिमानाबाट दानले एक भाग पाउनेछ; त्यो हेत्लोनको बाटोहुँदै लेबो-हमातसम्म जानेछ; हसर-एनान र हमात पछिको उत्तरी दमस्कसको सिमाना पूर्व भागदेखि पश्‍चिम भागसम्म फैलिएको दानको सिमाना हुनेछ। आशेरको एक भाग हुनेछ; त्यसको सिमाना दानको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। नप्‍तालीको एक भाग हुनेछ; त्यसको सिमाना आशेरको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। मनश्शेको एक भाग हुनेछ; त्यसको सिमाना नप्‍तालीको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। एफ्राइमको एक भाग हुनेछ; त्यसको सिमाना मनश्शेको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। रूबेनको एक भाग हुनेछ; त्यसको सिमाना एफ्राइमको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। यहूदाको एक भाग हुनेछ; त्यसको सिमाना रूबेनको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। “यहूदाको पूर्वदेखि पश्‍चिमसम्म एक भाग तिमीहरूले एउटा विशेष उपहारको रूपमा दिनुपर्छ। त्यो पच्‍चीस हजार क्यूबिट चौडाइ हुनेछ, र त्यसको लम्बाइ पूर्वदेखि पश्‍चिमसम्म एक कुलको भाग बराबर हुनेछ; पवित्रस्थान त्यसको बीच भागमा हुनेछ। “तिमीहरूले याहवेहलाई चढाउनुपर्ने विशेष भाग पच्‍चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइ हुनेछ।

इजकिएल 48 पढ्नुहोस्