इजकिएल 48:1-9
इजकिएल 48:1-9 NNRV
“नाउँ-नाउँको सूचीअनुसार कुलहरू यी नै हुन्: उत्तरको सिमानामा दानको एक भाग हुनेछ। त्यो हेतलोनको बाटो भएर लेबो-हमाततिर जानेछ। हसर-एनान र हमातको छेउमा भएको दमस्कसको उत्तरी सिमानाचाहिँ त्यसको सिमानाको पूर्वदेखि पश्चिमतिर एक भाग हुनेछ। “पूर्वदेखि पश्चिमतिर दानको सिमानासम्मै छोएको आशेरको एक भाग। “पूर्वदेखि पश्चिमतिर आशेरको सिमानासम्मै छोएको नप्तालीको एक भाग। “पूर्वदेखि पश्चिमतिर नप्तालीको सिमानासम्मै छोएको मनश्शेको एक भाग। “पूर्वदेखि पश्चिमतिर मनश्शेको सिमानासम्मै छोएको एफ्राइमको एक भाग। “पूर्वदेखि पश्चिमतिर एफ्राइमको सिमानासम्मै छोएको रूबेनको एक भाग। “पूर्वदेखि पश्चिमतिर रूबेनको सिमानासम्मै छोएको यहूदाको एक भाग। “पूर्वदेखि पश्चिमतिर यहूदाको सिमानासम्मै छोएको तिमीहरूले छुट्ट्याएको एक विशेष भाग उपहार स्वरूप तिमीहरूले दिनुपर्छ। त्यसको चौड़ाइ २५,००० हात हुनेछ, र त्यसको लमाइ पूर्वदेखि पश्चिमसम्म अरू कुललाई दिएको भागजत्तिकै हुनेछ। पवित्रस्थानचाहिँ त्यसको बीचमा हुनेछ। “परमप्रभुलाई तिमीहरूले दिने विशेष भागचाहिँ २५,००० हात लामो र १०,००० हात चौड़ा हुनेछ।

