इजकिएल 48:1-9

इजकिएल 48:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“नाउँ-नाउँको सूचीअनुसार कुलहरू यी नै हुन्‌: उत्तरको सिमानामा दानको एक भाग हुनेछ। त्‍यो हेतलोनको बाटो भएर लेबो-हमाततिर जानेछ। हसर-एनान र हमातको छेउमा भएको दमस्‍कसको उत्तरी सिमानाचाहिँ त्‍यसको सिमानाको पूर्वदेखि पश्‍चिमतिर एक भाग हुनेछ। “पूर्वदेखि पश्‍चिमतिर दानको सिमानासम्‍मै छोएको आशेरको एक भाग। “पूर्वदेखि पश्‍चिमतिर आशेरको सिमानासम्‍मै छोएको नप्‍तालीको एक भाग। “पूर्वदेखि पश्‍चिमतिर नप्‍तालीको सिमानासम्‍मै छोएको मनश्‍शेको एक भाग। “पूर्वदेखि पश्‍चिमतिर मनश्‍शेको सिमानासम्‍मै छोएको एफ्राइमको एक भाग। “पूर्वदेखि पश्‍चिमतिर एफ्राइमको सिमानासम्‍मै छोएको रूबेनको एक भाग। “पूर्वदेखि पश्‍चिमतिर रूबेनको सिमानासम्‍मै छोएको यहूदाको एक भाग। “पूर्वदेखि पश्‍चिमतिर यहूदाको सिमानासम्‍मै छोएको तिमीहरूले छुट्ट्याएको एक विशेष भाग उपहार स्‍वरूप तिमीहरूले दिनुपर्छ। त्‍यसको चौड़ाइ २५,००० हात हुनेछ, र त्‍यसको लमाइ पूर्वदेखि पश्‍चिमसम्‍म अरू कुललाई दिएको भागजत्तिकै हुनेछ। पवित्रस्‍थानचाहिँ त्‍यसको बीचमा हुनेछ। “परमप्रभुलाई तिमीहरूले दिने विशेष भागचाहिँ २५,००० हात लामो र १०,००० हात चौड़ा हुनेछ।

शेयर गर्नुहोस्
इजकिएल 48 पढ्नुहोस्

इजकिएल 48:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“नामअनुसार सूचित गरिएका कुलहरू यिनै हुन्: “उत्तरी सिमानाबाट दानले एक भाग पाउनेछ; त्यो हेत्लोनको बाटोहुँदै लेबो-हमातसम्म जानेछ; हसर-एनान र हमात पछिको उत्तरी दमस्कसको सिमाना पूर्व भागदेखि पश्‍चिम भागसम्म फैलिएको दानको सिमाना हुनेछ। आशेरको एक भाग हुनेछ; त्यसको सिमाना दानको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। नप्‍तालीको एक भाग हुनेछ; त्यसको सिमाना आशेरको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। मनश्शेको एक भाग हुनेछ; त्यसको सिमाना नप्‍तालीको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। एफ्राइमको एक भाग हुनेछ; त्यसको सिमाना मनश्शेको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। रूबेनको एक भाग हुनेछ; त्यसको सिमाना एफ्राइमको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। यहूदाको एक भाग हुनेछ; त्यसको सिमाना रूबेनको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। “यहूदाको पूर्वदेखि पश्‍चिमसम्म एक भाग तिमीहरूले एउटा विशेष उपहारको रूपमा दिनुपर्छ। त्यो पच्‍चीस हजार क्यूबिट चौडाइ हुनेछ, र त्यसको लम्बाइ पूर्वदेखि पश्‍चिमसम्म एक कुलको भाग बराबर हुनेछ; पवित्रस्थान त्यसको बीच भागमा हुनेछ। “तिमीहरूले याहवेहलाई चढाउनुपर्ने विशेष भाग पच्‍चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइ हुनेछ।

शेयर गर्नुहोस्
इजकिएल 48 पढ्नुहोस्

इजकिएल 48:1-9 पवित्र बाइबल (NERV)

“उत्तरी सीमाना पूर्वमा हेतलोनबाट महासागरबाट हमात छाडेर अनि तब हसर-एनान सम्म लगातार जान्छ। यो दश्मिक अनि हमातको सीमानाहरूको बीचमा छ। कुल समूहमा यो समूहको जमीन यी सीमानाहरूको पूर्वबाट पश्चिम सम्म जान्छन्। उत्तरबाट दक्षिण, यो क्षेत्रको कुल समूह हुन, दान, आशेर, नप्ताली, मनश्शे, एप्रैम, रूबेन र यहूदा। “भूमिको अर्को क्षेत्र विशेष उपयोगका निम्ति हुनेछ। यो भूमि यहूदाको भूमिको दक्षिणमा छ। यो क्षेत्र 25,000 हात उत्तरबाट दक्षिण सम्म लामो छ अनि पूर्वबाट पश्चिम सम्म यो त्यति नै चौंडा हुन्छ जति अरू कुल समूहको हुन्छ। मन्दिरको भूमि यो विभागको बीचमा हुन्छ। तिमीले यो भूमि परमप्रभुलाई समर्पण गर्नुपर्छ। यो 25,000 हात लामो अनि 20,000 हात चौंडा हुनेछ।

शेयर गर्नुहोस्
इजकिएल 48 पढ्नुहोस्

इजकिएल 48:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

देशको उत्तरी सिमाना भूमध्‍य सागरबाट पूर्वपट्टि हेतलोन सहर, हमात घाटी, हसर-एनान सहर हुँदै दमस्‍कस-राज्‍य र हमात-राज्‍य बीचका सिमानासम्‍म पुग्‍छ। इस्राएलका कुलहरूले देशमा जमिनको आफ्‍नो हिस्‍सा पाउनेछन्। ती जमिनका हिस्‍साहरू देशका पूर्वीय सिमानाबाट फैलिएर पश्‍चिमतिर भूमध्‍य सागरसम्‍म पुग्‍नेछन् र त्‍यसको उत्तर खण्‍डमा दानले र त्‍यसपछि दक्षिण दिशातिर क्रमैसित आशेर, नप्‍ताली, मनश्‍शे, एफ्राइम, रूबेन र यहूदा गर्दै हरेक कुलले आ-आफ्‍नो हिस्‍सा पाउनेछ। त्‍यसपछिको हिस्‍साचाहिँ विशेष कामको लागि अलग गरिनुपर्नेछ। त्‍यो भाग उत्तरदेखि दक्षिणसम्‍म साढे बाह्र किलोमिटर चौडा हुनेछ र पूर्वदेखि पश्‍चिमसम्‍मको लमाइचाहिँ कुलहरूलाई दिएको भू-भागको लमाइ बराबर हुनुपर्छ। मन्‍दिर यही भागमा रहनेछ। यस भागको बीचमा साढे बाह्र किलोमिटर लामो र दश किलोमिटर चौडा एउटा विशेष खण्‍ड लिएर परमप्रभुलाई अर्पण गर्नुपर्नेछ।

शेयर गर्नुहोस्
इजकिएल 48 पढ्नुहोस्