इजकिएल 48:1-9

इजकिएल 48:1-9 सरल नेपाली

देशको उत्तरी सिमाना भूमध्‍य सागरबाट पूर्वपट्टि हेतलोन सहर, हमात घाटी, हसर-एनान सहर हुँदै दमस्‍कस-राज्‍य र हमात-राज्‍य बीचका सिमानासम्‍म पुग्‍छ। इस्राएलका कुलहरूले देशमा जमिनको आफ्‍नो हिस्‍सा पाउनेछन्। ती जमिनका हिस्‍साहरू देशका पूर्वीय सिमानाबाट फैलिएर पश्‍चिमतिर भूमध्‍य सागरसम्‍म पुग्‍नेछन् र त्‍यसको उत्तर खण्‍डमा दानले र त्‍यसपछि दक्षिण दिशातिर क्रमैसित आशेर, नप्‍ताली, मनश्‍शे, एफ्राइम, रूबेन र यहूदा गर्दै हरेक कुलले आ-आफ्‍नो हिस्‍सा पाउनेछ। त्‍यसपछिको हिस्‍साचाहिँ विशेष कामको लागि अलग गरिनुपर्नेछ। त्‍यो भाग उत्तरदेखि दक्षिणसम्‍म साढे बाह्र किलोमिटर चौडा हुनेछ र पूर्वदेखि पश्‍चिमसम्‍मको लमाइचाहिँ कुलहरूलाई दिएको भू-भागको लमाइ बराबर हुनुपर्छ। मन्‍दिर यही भागमा रहनेछ। यस भागको बीचमा साढे बाह्र किलोमिटर लामो र दश किलोमिटर चौडा एउटा विशेष खण्‍ड लिएर परमप्रभुलाई अर्पण गर्नुपर्नेछ।

इजकिएल 48 पढ्नुहोस्