प्रस्थान 12:37-40

प्रस्थान 12:37-40 NCV

इस्राएलीहरूले रामसेसदेखि सुक्‍कोतसम्म यात्रा गरे। स्त्री र बालबालिकाहरू छोडेर, लगभग छ लाख पैदल हिँड्ने मानिसहरू थिए। अरू धेरै मानिसहरूका साथसाथै बगाल र बथानसित गाईबस्तुको ठूलो हुल पनि तिनीहरूसित गए। इजिप्टबाट ल्याएको मुछेको पिठोबाट तिनीहरूले अखमिरी रोटीहरू पकाए। त्यो मुछेको पिठो खमिररहित थियो; किनकि तिनीहरू इजिप्टबाट धपाइएका थिए, र तिनीहरूसित आफ्ना भोजन बनाउने समय पनि थिएन। इस्राएलीहरू इजिप्टमा बसेको 430 वर्ष भइसकेको थियो।

प्रस्थान 12 पढ्नुहोस्