प्रस्थान 12:37-40
प्रस्थान 12:37-40 NNRV
इस्राएलीहरू रामसेसबाट हिँड़ेर सुक्कोतमा गए। आइमाई र केटाकेटीहरू छोड़ेर करीब छ लाख पैदल हिँड्ने मानिसहरू थिए। तिनीहरूका साथमा अरू मानिसहरू र थुप्रै भेड़ाबाख्रा र गाईबस्तु पनि लगे। तिनीहरूले आफूसाथ मिश्रबाट ल्याएको, मुछेको पीठोको अखमिरी रोटी बनाए। त्यो खमिरा भएको थिएन, किनभने तिनीहरू मिश्रबाट धपाइँदा आफ्ना निम्ति भोजन बनाउने पनि तिनीहरूले समय पाएका थिएनन्। इस्राएलीहरू मिश्रमा प्रवास गरेका चार सय तीस वर्ष भएको थियो।

