प्रस्थान 12:37-40
प्रस्थान 12:37-40 सरल नेपाली
इस्राएलीहरू रामसेसबाट सुक्कोततिर हिँडे। स्त्री र बच्चाहरू बाहेक प्राय: छ लाख पुरुषहरू थिए। ती बाहेक अरू धेरैजना मानिसहरू अनि भेडा-बाख्रा र गाई-गोरुहरू पनि तिनीहरूसित गए। मिश्रबाट लिई आएको मुछेको पिठोले तिनीहरूले अखमिरी रोटी बनाए किनभने तिनीहरूले मिश्र अचानक छोडेका थिए र खाना तयार गर्न वा खमिरे रोटी बनाउन पनि भ्याएका थिएनन्। इस्राएलीहरूले मिश्रमा ४३० वर्षसम्म बसोबास गरेका थिए।

