प्रस्थानको पुस्तक 12:37-40
प्रस्थानको पुस्तक 12:37-40 NERV
इस्राएली मानिसहरूले रामसेसबाट, सुक्कोतसम्म यात्रा गरे। तिनीहरू लगभग 6,00,000 थिए। यस संख्यामा नानीहरूको गन्ति गरिएको थिएन। तिनीहरूसित धेरै भेंडा, बाख्रा गाई-वस्तु र अरू चीजहरू थिए। तिनीहरूसित अन्य धेरै थरिका मानिसहरू यात्रा गरिरहेका थिए। ती मानिसहरूसँग रोटीमा खमीर मिसाउने समय पनि थिएन अनि तिनीहरूले यात्राको निम्ति कुनै विशेष भोजन तयार पारेका थिएनन्। यसकारण तिनीहरूका साधरण खमीर बिनाको रोटी बाहेक अरू कुनै खाने कुरा थिएन। इस्राएली मानिसहरू 430 बर्षसम्म मिश्रमा बसे।

