यहोशूको पुस्तक 5:10-12

यहोशूको पुस्तक 5:10-12 NERV

जब तिनीहरू यरीहोको मैदान गिलगालमा छाउनी हालेर बसेका थिए इस्राएलका मानिसहरूले निस्तार चाड मनाए। यो त्यस महीनाको चौधौं दिनको साँझमा थियो। निस्तार चाडको पछिल्लो दिन मानिसहरूले भोजन खाए जुन त्यस भूमिमा उम्रिएको थियो तिनीहरूले अखमिरे रोटी र भुटेको अन्न खाए। भोलिपल्ट बिहान स्वर्गबाट विशेष भोजन आउन बन्द भयो। मानिसहरूले कनान देशमा उम्रिएका खाद्य पदार्थ खाएको पछिल्लो दिन यस्तो भयो। त्यसबेला देखि यता इस्राएलका मानिसहरूले स्वर्गबाट विशेष भोजन पाएनन्।