यहोशू 5:10-12

यहोशू 5:10-12 NNRV

जब इस्राएलीहरू गिलगालमा छाउनी खड़ा गरी बसे, तब तिनीहरूले चौधौँ दिनको साँझमा यरीहोको मैदानमा नै निस्‍तार-चाड़ मनाए। निस्‍तार-चाड़को भोलिपल्‍ट, त्‍यही दिन तिनीहरूले त्‍यस देशको उब्‍जनीबाट अखमिरी रोटी र भुटेको अन्‍न खाए। तिनीहरूले त्‍यस देशको उब्‍जनीको अन्‍न खाएको भोलिपल्‍टदेखि नै मन्‍न थामियो, र त्‍यसपछि इस्राएलीहरूलाई मन्‍न कहिल्‍यै पनि मिलेन। तर त्‍यस साल तिनीहरूले कनान देशको अन्‍न खाए।