यशैया 33:1-6

यशैया 33:1-6 सरल नेपाली

हाम्रा शत्रुहरू नाश हुनेछन्! तिनीहरूले डाँका मारेका र धोका दिएका छन् तर तिनीहरूलाई भने कसैले त्‍यसो गरेका छैनन्। तर तिनीहरूको डाँका मार्ने र धोका दिने बेला बितिसक्‍यो र तिनीहरूमाथि पो डकैती र धोकाबाजी हुनेछ। हे परमप्रभु, हामीहरूमाथि दया गर्नुहोस्। हामीले तपाईंमा आशा गरेका छौं, दिन-दिन हाम्रो रक्षा गर्नुहोस् र कष्‍टका समयमा हामीलाई बचाउनुहोस्। तपाईंले हाम्रो निम्‍ति लडाइँ गरिदिनुहुँदा तपाईंको आवाजको गर्जन सुनेर जाति-जातिहरू भाग्‍छन्। झम्‍टेर तिनीहरूका सर-सामान खोसिनेछन् र लुटका मालझैँ लगिनेछन्। परमप्रभु कति महान् हुनुहुन्‍छ! उहाँ उच्‍चमा विराजमान् हुनुहुन्‍छ। उहाँले न्‍याय र इमानदारीले यरूशलेम भरपूर पार्नुहुनेछ र देशलाई स्‍थिर बनाउनुहुनेछ। उहाँले सधैँ आफ्‍ना प्रजालाई रक्षा गर्नुहुन्‍छ र तिनीहरूलाई ज्ञान र बुद्धि दिनुहुन्‍छ। परमप्रभुसितको सम्‍मान नै तिनीहरूको सबैभन्दा ठूलो धन हो।

यशैया 33 पढ्नुहोस्