यशैया 33:1-6

यशैया 33:1-6 NCV

धिक्‍कार तँ नाशकर्तालाई, जो नष्‍ट पारिएको छैनस्! धिक्‍कार तँ विश्‍वासघातीलाई, जसले धोका पाएको छैनस्! जब तैँले नष्‍ट गर्न छोड्छस्, तब तँ नष्‍ट पारिनेछस्; जब तैँले विश्‍वासघात गर्न छोड्छस्, तब तिनीहरूले तँसँग विश्‍वासघात गर्नेछन्। हे याहवेह, हामीप्रति अनुग्रही हुनुहोस्; हामी तपाईंको बाटो हेरिरहन्छौँ; हरेक बिहान हाम्रो सामर्थ्य र विपत्तिमा हाम्रो मुक्ति बन्‍नुहोस्। तपाईंको सेनाको गर्जनको आवाजमा मानिसहरू भाग्छन्; तपाईं खडा हुनुहुँदा राष्ट्रहरू तितरबितर हुन्छन्। हे राष्ट्रहरू हो, तिमीहरूका लुटका सामान सलहहरूले झैँ कटनी गरिएको छ; मानिसहरू लुटका सामानमा सलहका बथानझैँ झम्टन्छन्। याहवेह अति महान् हुनुहुन्छ; किनकि उहाँ उच्‍च स्थानमा विराजमान हुनुहुन्छ; उहाँले सियोनलाई न्याय र धार्मिकताले भरिदिनुहुनेछ। उहाँ तिमीहरूका समयमा तिमीहरूका दृढ जग; मुक्ति, बुद्धि र ज्ञानका मूल्यवान् भण्डार हुनुहुनेछ; याहवेहको भय नै यस भण्डारको साँचो हो।

यशैया 33 पढ्नुहोस्