तिनीहरू कनानमा बुबाकहाँ आइपुगे र आफूलाई भएका सबै कुराहरू सुनाए, “मिश्रको बडा-हाकिमले हामीसित कडासित कुरा गरे र हामीलाई उनको देशको भेद लिनलाई आएका हौ भनी दोष लाए। ‘हामी जासूस होइनौं,’ हामीले जवाफ दियौं, ‘हामी इमानदार मानिस हौं। एउटा बुबाका बाह्र छोरा थियौं, एक भाइ मर्यो र कान्छो भाइ बुबासँग कनानमा छ’ भनेर हामीले उनलाई भन्यौं। उनले भने, ‘यस कुराबाट मात्र तिमीहरू इमानदार मानिस रहेछौ भनी मलाई थाहा हुनेछ: तिमीहरूमध्ये एक जना यहाँ मसँग बस। अरूहरूचाहिँ अन्न लिएर आफ्ना भोका परिवारकहाँ जाओ। तिमीहरूको कान्छो भाइलाई मकहाँ ल्याओ। तब तिमीहरू जासूस होइनौ तर इमानदार मानिसहरू रहेछौ भनी म बुझ्छु। तब तिम्रो यो भाइ म तिमीहरूलाई फर्काइदिनेछु र तिमीहरू यहाँ बस्न र किनबेच गर्न पाउनेछौ’।” तब तिनीहरूले आफ्ना भारी खोले र आफ्ना पैसाको धोक्रो आ-आफ्नो धोक्रोमा पाए। पैसा देखेर तिनीहरू र बुबा पनि डराए। याकूबले तिनीहरूलाई भने, “के तिमीहरूले मदेखि मेरा सबै छोराहरू खोस्ने? योसेफ गयो, शिमियोन छैन, अब बेन्यामीन पनि लैजाने कुरा गर्छौ। सबै कष्ट मैले भोग्नुपर्नेभयो।” रूबेनले बुबालाई भने, “मैले बेन्यामीनलाई फर्काइल्याइन भने तपाईंले मेरा दुई छोराहरू मारिदिन सक्नुहुन्छ। बेन्यामीनलाई मेरो जिम्मामा दिनुहोस्, म त्यसलाई फर्काई ल्याउनेछु।” तर याकूबले भने, “मेरो छोरा म तँसित पठाउन सक्दिनँ। त्यसको दाजुचाहिँ मरिगयो। त्यो मात्र रहेको छ। म बुढो भइसकें। बाटोमा यसलाई पनि केही भइगयो भने बुढेसकालमा तिमीहरूले मलाई अफसोसमा नै जिउँदै मार्नेछौ।”
उत्पत्ति 42 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 42:29-38
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू