जब उनीहरू कनान देशमा आफ्ना बुबा याकूबकहाँ आइपुगे, तब उनीहरूमाथि भएको कुरा सबै तिनलाई यसो भनेर बताए, “त्यस देशका मालिकले हामीसित कठोर बोली गरे। हामीलाई त तिनले त्यस देशमा जासूसजस्तै तुल्याए। तर ‘हामी सोझा मानिस हौं। हामी जासूस होइनौं। हाम्रा बुबाका हामी बाह्र भाइ छोरा हौं। एउटाचाहिँ छैन, र कान्छोचाहिँ यस बेला कनान देशमा हाम्रा बुबाको साथमा छ’ भनेर हामीले तिनलाई भन्यौं। “त्यस देशका ती मालिकले हामीलाई भने, ‘यस कुराबाट मात्र तिमीहरू सोझा मानिस रहेछौ भनी मलाई थाहा हुनेछ, कि तिमीहरूका दाजुभाइमध्ये एक जना यहाँ मसँग छोड़, र अनिकालमा तिमीहरूका परिवारको भोक मार्नलाई अनाज लिएर आफ्नो बाटो लाग। तर तिमीहरूको कान्छो भाइलाई यहाँ मकहाँ ल्याओ। तब मात्र तिमीहरू जासूस होइनौ, तर सीधा मानिस रहेछौ भन्ने मलाई थाहा हुनेछ, र म तिमीहरूको यस भाइलाई तिमीहरूका हातमा सुम्पनेछु, र तिमीहरू यस देशमा लेनदेन गर्न पाऔला’।” उनीहरूले आफ्ना धोक्राहरू खन्याउँदा उनीहरू हरेकका चाँदीको पोको आ-आफ्नो धोक्रोमा रहेछ। जब उनीहरूले र उनीहरूका बुबाले ती चाँदीका पोकाहरू देखे तब उनीहरू डराए। उनीहरूका बुबा याकूबले उनीहरूलाई भने, “तिमीहरूले त मेरा छोराहरू मबाट खोसेर मलाई अति शोकित तुल्याएका छौ। योसेफ छैन, शिमियोन छैन, अब बेन्यामीनलाई पनि लैजान खोज्छौ। यी सबै घटना मैमाथि पर्न आएको छ।” तब रूबेनले आफ्ना बाबुलाई भने, “यदि मैले बेन्यामीनलाई तपाईंकहाँ ल्याइनँ भने मेरा दुई छोराहरूको प्राण लिनुहोस्। बेन्यामीनलाई मेरो जिम्मामा दिनुहोस्। त्यसलाई म तपाईंकहाँ फर्काएर ल्याउनेछु।” तर याकूबले भने, “मेरो छोरो तिमीहरूसँग जानेछैन, किनकि त्यसको दाजु मरिहाल्यो, र अब यही मात्र बाँकी छ। यदि तिमीहरूले गर्न लागेको यात्रामा त्यसमाथि केही खतरा पर्न आयो भने, तिमीहरूले मलाई यो फुलेको कपाल अफसोसमै चिहानमा पुर्याउनेछौ।”
उत्पत्ति 42 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 42
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 42:29-38
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू