मैले उजूर गर्दा मेरो पुकारा सुन्नुहोस्, हे परमेश्वर, शत्रुको डरबाट मेरो ज्यानलाई जोगाइदिनुहोस्। दुष्टहरूको गुप्त योजनाबाट र कुकर्मीहरूका समूहको षड्यन्त्रबाट मलाई लुकाउनुहोस्। तिनीहरू आफ्ना जिब्रालाई तरवारझैँ धार लगाउँछन्, र तिनीहरूका वचन घातक काँड़झैँ ताक्छन्। निर्दोषलाई तिनीहरू ढुकेर हान्छन्, डरैविना अचानक त्यसलाई हान्छन्। तिनीहरू आफ्ना दुष्ट षड्यन्त्रमा एक-अर्कालाई प्रोत्साहन दिन्छन्, पासो गुप्तमा थाप्ने मतो तिनीहरू गर्छन्। तिनीहरू भन्छन्, “कसले हामीलाई देख्छ र?” तिनीहरू अन्यायको षड्यन्त्र रच्तछन् र भन्छन्, “हामीले सिद्ध योजना बनाएका छौं।” साँच्चै, मानिसका मन र हृदय धूर्त हुन्छन्। तर परमेश्वरले काँड़हरूले तिनीहरूमाथि हान्नुहुनेछ, तिनीहरू अचानक घायल हुनेछन्।
भजनसंग्रह 64 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 64
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 64:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू