YouVersion Logo
Search Icon

भजनसंग्रह 64

64
रक्षाको निम्‍ति प्रार्थना
सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन
1मैले उजूर गर्दा मेरो पुकारा सुन्‍नुहोस्‌, हे परमेश्‍वर, शत्रुको डरबाट मेरो ज्‍यानलाई जोगाइदिनुहोस्‌।
2दुष्‍टहरूको गुप्‍त योजनाबाट
र कुकर्मीहरूका समूहको षड्‌यन्‍त्रबाट मलाई लुकाउनुहोस्‌।
3तिनीहरू आफ्‍ना जिब्रालाई तरवारझैँ धार लगाउँछन्‌,
र तिनीहरूका वचन घातक काँड़झैँ ताक्‍छन्‌।
4निर्दोषलाई तिनीहरू ढुकेर हान्‍छन्‌, डरैविना अचानक त्‍यसलाई हान्‍छन्‌।
5तिनीहरू आफ्‍ना दुष्‍ट षड्‌यन्‍त्रमा एक-अर्कालाई प्रोत्‍साहन दिन्‍छन्‌, पासो गुप्‍तमा थाप्‍ने मतो तिनीहरू गर्छन्‌। तिनीहरू भन्‍छन्‌, “कसले हामीलाई देख्‍छ र?”
6तिनीहरू अन्‍यायको षड्‌यन्‍त्र रच्‍तछन्‌ र भन्‍छन्‌, “हामीले सिद्ध योजना बनाएका छौं।” साँच्‍चै, मानिसका मन र हृदय धूर्त हुन्‍छन्‌।
7तर परमेश्‍वरले काँड़हरूले तिनीहरूमाथि हान्‍नुहुनेछ, तिनीहरू अचानक घायल हुनेछन्‌।
8तिनीहरूका जिब्रो तिनीहरूकै विरुद्ध उहाँले फर्काइदिनुहुनेछ,
र तिनीहरूलाई नाश गर्नुहुनेछ। तिनीहरूलाई देख्‍ने सबैले गिल्‍ला गर्दै मुन्‍टो हल्‍लाउनेछन्‌।
9सबै मनुष्‍य-जाति भयभीत हुनेछन्‌, तिनीहरूले परमेश्‍वरका कामको घोषणा गर्नेछन्‌,
र उहाँले गर्नुभएको काममाथि ध्‍यान दिनेछन्‌।
10धर्मीहरू परमप्रभुमा आनन्‍दित होऊन्‌,
र उहाँमा शरण लिऊन्‌। सोझो हृदय भएकाहरू सबैले उहाँको प्रशंसा गरून्‌।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 64: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy