म कष्टमा छु, हे परमेश्वर! मेरो प्रार्थना सुन्नुहोस्! मलाई मेरा शत्रुहरूको डर छ; मेरो प्राण बचाउनुहोस्! मलाई दुष्टहरूका जाल-झेल, कुकर्मीहरूका हुलदङ्गादेखि जोगाउनुहोस्। तिनीहरूले आफ्नो जिब्रो तरवारजस्तो धारिलो बनाउँछन् र काँड हानेजस्तै निष्ठुर वचन बोल्दछन्। तिनीहरू लाजबिना आफ्ना झूटा कुरा फैलाउन हतार गर्छन्, भयग्रस्त झूटा दोष लगाएर तिनीहरूले असल मानिसहरूलाई नाश गर्छन्। तिनीहरूले दुष्ट जाल रच्नमा एक-अर्कालाई आपसमा उत्साह दिन्छन्, आफ्नो पासो कहाँ थाप्ने भनी तिनीहरूले युक्ति गर्छन्। “ती पासोहरू कसैले देख्दैन,” तिनीहरूले भन्छन्। दुष्ट युक्तिहरू बनाएर तिनीहरूले भन्छन्, “अरूले चालै नपाउने अपराधको उपाय हामीले गरेका छौं।” मानिसका मन र हृदय रहस्यले भरिएका छन्। तर परमेश्वरले तिनीहरूलाई आफ्ना वाणले हान्नुहुनेछ र अचानक तिनीहरू घाइते हुनेछन्।
भजनसंग्रह 64 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 64:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू