अर्तासास्त राजाको राजत्वकालमा बेबिलोनबाट मसँग आएका परिवारका मुखियाहरू र तिनीसँग दर्ता भएकाहरू यिनै हुन्: पीनहासका परिवारका— गेर्शोम। ईतामारका परिवारका— दानिएल। दाऊदका परिवारका— शकन्याहका छोरा हत्तूश। परोशका परिवारका— जकरिया र तिनीसँग दर्ता भएका १५० पुरुष। पहत-मोआबका परिवारका— जरयाहका छोरा एल्यहोएनै र तिनीसँग २०० पुरुष। जत्तूका परिवारका— यहासेलका छोरा शकन्याह र तिनीसँग ३०० पुरुष। आदीनका परिवारका— जोनाथनका छोरा एबेद र तिनीसँग ५० पुरुष। एलामका परिवारका— अतल्याहका छोरा यशयाह र तिनीसँग ७० पुरुष। शपत्याहका परिवारका— मिखाएलका छोरा जबदियाह र तिनीसँग ८० पुरुष। योआबका परिवारका— यहीएलका छोरा ओबदिया र तिनीसँग २१८ पुरुष। बानीका परिवारका— योसिपियाका छोरा शलोमीत र तिनीसँग १६० पुरुष। बेबैका परिवारका— बेबैका छोरा जकरिया, र तिनीसँग २८ पुरुष। अज्गादका परिवारका— हक्कातानका छोरा योहानान र तिनीसँग ११० पुरुष। अदोनीकामका परिवारका— पछि आएका एलीपेलेत, यीएल र शमायाह, र तिनीहरूसँग ६० पुरुषहरू। बिग्वैको परिवारका— उत्तै र जक्कूर, र तिनीहरूसँग ७० पुरुष।
एज्रा 8 पढ्नुहोस्
सुन्नुहोस् एज्रा 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एज्रा 8:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू