उत्पत्ति 36
36
एसावका सन्तान
1एसाव, अर्थात् एदोमको वृत्तान्त यही हो। #१ इति १:३४-३७
2एसावले कनानी स्त्रीहरूमध्येबाट पत्नी ल्याए: अर्थात् हित्ती एलोनकी छोरी आदा र हिव्वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा, #उत २६:३४ 3तथा इश्माएलकी छोरी नबायोतकी बहिनी बासमत। #उत २८:९
4एसावबाट आदाले एलीपजलाई जन्माइन्, र बासमतले रूएललाई जन्माइन्, 5अनि ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्माइन्। कनान देशमा जन्मेका एसावका छोराहरू यी नै हुन्।
6आफ्ना पत्नीहरू, छोराछोरीहरू, र तिनको घरका सबै मानिसहरू, गाईबस्तुहरू, र तिनका अरू जम्मै पशुहरू र कनान देशमा प्राप्त गरेका सबै सम्पत्तिहरू लिएर एसाव आफ्नो भाइ याकूबबाट छुट्टिएर अर्को देशमा गए। 7धेरै धन-सम्पत्ति भएको हुनाले तिनीहरू एकसाथ बस्न सकेनन्। तिनीहरूका गाईबस्तुले गर्दा तिनीहरू बसेका ठाउँबाट तिनीहरूको निर्वाह हुन सकेन। 8यसकारण एसावले (अर्थात् एदोमले) सेइरको देशमा बसोबास गरे।
9सेइरको पहाड़ी देशमा एदोमीहरूका पिता एसावको वृत्तान्त यही हो।
10एसावका छोराहरूका नाउँ यी नै हुन्:
एसावकी पत्नी आदाका छोरा
एलीपज, र एसावकी पत्नी बासमतका
छोरा रूएल।
11एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गाताम र कनज। 12एसावका छोरा एलीपजकी तीम्न नाउँ भएकी एउटी भित्रिनी थिई। एलीपजबाट त्यसले अमालेकलाई जन्माई। एसावकी पत्नी आदाका नातिहरू यी नै हुन्।
13रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा। एसावकी पत्नी बासमतका नातिहरू यी नै हुन्।
14एसावकी पत्नी ओहोलीबामा, जो सिबोनकी नातिनी र अनाकी छोरी थिइन्, एसावबाट तिनका यी छोराहरू भए: येऊश, यालाम र कोरह।
15एसावका सन्तानहरूमध्ये मुख्य-मुख्य यी नै हुन्: एसावका जेठा छोरा एलीपजका छोराहरू: मुखियाहरू तेमान, ओमार, सपो, कनज, 16कोरह, गाताम र अमालेक। एदोम देशमा एलीपजबाट भएका मुखियाहरू यी नै हुन्। यिनीहरू आदाका नातिहरू हुन्।
17एसावका छोरा रूएलका छोराहरू:
मुखियाहरू नहत, जेरह शम्मा र मिज्जा। एदोम देशमा रूएलबाट भएका मुखियाहरू यी नै हुन्। एसावकी पत्नी बासमतका नातिहरू यी नै हुन्।
18एसावकी पत्नी ओहोलीबामाका छोराहरू:
मुखियाहरू येऊश, यालाम र कोरह। अनाकी छोरी एसावकी पत्नी ओहोलीबामाले जन्माएका मुखियाहरू यी नै हुन्।
19एसाव, अर्थात् एदोमका छोराहरू यी नै हुन्, र तिनीहरूका मुखियाहरू यिनी हुन्।
20त्यस देशका बासिन्दा होरी सेइरका छोराहरू यी नै हुन्: #१ इति १:३८-४२
लोतान, शोबाल, सिबोन, अना,
21दीशोन, एसेर र दीशान। एदोमको देशमा सेइरका यी छोराहरू होरी मुखियाहरू हुन्।
22लोतानका छोराहरू: होरी र हेमान। तीम्न लोतानकी बहिनी थिइन्।
23शोबालका छोराहरू: अल्बान, मानहत, एबाल, शपो र ओनाम।
24सिबोनका छोराहरू: अय्या र अना। तिनका बुबा सिबोनका गधाहरू चराउँदा मरुभूमिमा तातो पानीको मूल भेट्टाउने यी नै अना हुन्।
25अनाका छोराछोरीहरू: दीशोन र अनाकी छोरी ओहोलीबामा।
26दीशोनका छोराहरू: हेमदान, एश्बान, यित्रान र करान।
27एसेरका छोराहरू: बिल्हान, जावान र अकान।
28दीशानका छोराहरू: ऊज र आरान।
29होरीहरूका मुखियाहरू यी नै हुन्: लोतान, शोबाल, सिबोन, अना,
30दीशोन, एसेर र दीशान। सेइर देशमा तिनीहरूका खलकअनुसार होरी मुखियाहरू यी नै हुन्।
एदोमका राजाहरू
31इस्राएलका कुनै राजाले राज्य गर्नुभन्दा अगि एदोम देशमा राज्य गर्ने राजाहरू यी नै हुन्: #१ इति १:४३-५४
32बओरका छोरा बेलाले एदोममा शासन गर्थे। उनको राजधानीको नाउँ दिन्हावा थियो।
33बेलाको मृत्युपछि बोज्रामा बस्ने जेरहका छोरा योबाबले उनको सट्टामा राज्य गरे।
34योबाबको मृत्युपछि तेमानीहरूको देशका हूशामले उनको सट्टामा राज्य गरे।
35हूशामको मृत्युपछि मोआब देशमा मिद्यानलाई जित्ने बददका छोरा हददले उनको सट्टामा राज्य गरे। तिनको राजधानीको नाउँ अवीत थियो।
36हददको मृत्युपछि मास्रेकामा बस्ने सम्लाले उनको सट्टामा राज्य गरे।
37सम्लाको मृत्युपछि महानदीका किनारको रहोबोत सहरका शौलले उनको सट्टामा राज्य गरे।
38शौलको मृत्युपछि अक्बोरका छोरा बाल-हानानले उनको सट्टामा राज्य गरे।
39अक्बोरका छोरा बाल-हानानको मृत्युपछि हददले उनको सट्टामा राज्य गरे। तिनको राजधानीको नाउँ पाऊ थियो। तिनकी पत्नीको नाउँ महेतबेल थियो। तिनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन्।
40एसावबाट भएका मुखियाहरू तिनीहरूका नाउँ, देश र वंशअनुसार यी नै हुन्:
तीम्न, अल्वा, यतेत, 41ओहोलीबामा, एलाह, पीनोन, 42कनज, तेमान, मिब्सार 43मग्दीएल र ईराम। तिनीहरूले कब्जा गरेको देशमा तिनीहरूका वासस्थानअनुसार एदोमका मुखियाहरू यी नै हुन्।
एदोमीहरूका पुर्खा एसावको वृत्तान्त यही हो।
Tällä hetkellä valittuna:
उत्पत्ति 36: NNRV
Korostus
Kopioi
Vertaa
Jaa
Haluatko, että korostuksesi tallennetaan kaikille laitteillesi? Rekisteröidy tai kirjaudu sisään
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012