गन्ती 18
18
पुजारीहरू र लेवीहरूका काम-कर्तव्य
1याहवेहले हारूनलाई भन्नुभयो, “तँ, तेरा छोराहरू र तेरा परिवारले पवित्रस्थान सम्बन्धित गरिएका अपराधहरूको जिम्मेवारी उठाउनुपर्छ। अनि पुजारीगिरी सम्बन्धित गरिएका अपराधहरूको जिम्मेवारी तँ र तेरा छोराहरूले मात्र उठाउनुपर्छ। 2तँ र तेरा छोराहरूले साक्षी पाटीको पालमा सेवा गर्दा तिमीहरूसँग मिलेर तिमीहरूलाई सघाउन भनी तेरा पुर्ख्यौली कुलबाट तेरा नातेदार लेवीहरूलाई लिएर आइज। 3तिनीहरूले तँप्रति जिम्मेवार हुनुपर्छ। अनि तिनीहरूले पालका सबै कर्तव्यहरू पूरा गर्नुपर्छ। तर तिनीहरू पवित्रस्थानका सरसामानहरू नजिक अथवा वेदीको नजिक नजाऊन्, नत्रता तिनीहरू र तिमीहरू दुवै मर्नेछौ। 4तिनीहरू तिमीहरूसँग मिलून् र भेट हुने पाल अर्थात् पालका सबै कामहरूका रेख-देखको जिम्मेवारी उठाऊन्। तिमीहरूको नजिक अरू कोही पनि नआऊन्।
5“पवित्रस्थान र वेदीको रेख-देखको जिम्मेवारी तिमीहरूको हो; ताकि मेरो क्रोध इस्राएलीहरूमाथि फेरि नपरोस्। 6म आफैँले तेरा नातेदार लेवीहरूलाई इस्राएलीहरूका बीचबाट तेरो उपहारको रूपमा छानेको छु। भेट हुने पालको काम गरून् भनेर याहवेहलाई अर्पण गरेको छु। 7तर वेदी र पर्दाभित्रका सबै कुराको सम्बन्धमा तँ र तेरा छोराहरूले मात्र पुजारीको रूपमा सेवा गर्नुपर्छ। मैले तँलाई पुजारी पदको सेवा उपहारको रूपमा दिएको छु। तर लेवीहरूबाहेक कोही पवित्रस्थानको नजिक आएमा ऊ मारिनेछ।”
पुजारीहरू र लेवीहरूका निम्ति भेटीहरू
8त्यसपछि याहवेहले हारूनलाई भन्नुभयो, “मलाई चढाइएका भेटीहरूको जिम्मा म आफैँले तँलाई सुम्पेको छु। इस्राएलीहरूले मलाई दिएका सबै पवित्र भेटीहरू मैले तिमीहरूको भाग र नियमित अंशको रूपमा तँ र तेरा छोराहरूलाई दिएको छु।” 9आगोबाट छुट्याइएका महा-पवित्र भेटीहरूको भाग तिमीहरूले राख्नू। तिनीहरूले मेरा निम्ति ल्याएका महा-पवित्र भेटीहरू चाहे अन्नबलि होस्, अथवा पापबलि अथवा दोषबलि त्यसको भाग होस्; त्यो तँ र तेरा छोराहरूका निम्ति हुनेछ। 10ती थोकहरू महा-पवित्र ठानेर खानू। प्रत्येक पुरुषले त्यो खानू। तिमीहरूले त्यसलाई पवित्र ठान्नू।
11“तीबाहेक यो पनि तेरै हो: इस्राएलीहरूले विशेष भेटीहरूको रूपमा उचालिनका लागि अलग गरिएका सबै थोक। म यसलाई तिमीहरूका नियमित अंशको रूपमा तँ, तेरा छोराहरू र छोरीहरूलाई दिन्छु। तेरा घरानाका विधिपूर्वक शुद्ध रहेका हरेकले त्यो खान सक्नेछ।
12“मैले तिनीहरूका कटनीको अगौटेबाट याहवेहलाई चढाएका सबै असल जैतुनको तेल, अति उत्तम नयाँ दाखमद्य र अन्न तँलाई दिएको छु। 13तिनीहरूले याहवेहकहाँ ल्याएका खेतका सबै अगौटे फलहरू तिमीहरूकै हुनेछन्। तेरा घरानाका विधिपूर्वक शुद्ध रहेका हरेकले त्यसलाई खान सक्नेछ।
14“इस्राएलमा याहवेहलाई समर्पित#18:14 हिब्रू शब्दअनुसार याहवेहलाई चढाइएको जुनसुकै थोक वा व्यक्ति होस्, त्यो फेरि फिर्ता हुन सक्दैन भन्ने जनाउँदछ। गरिएको हरेक चीज तेरै हो। 15मानिसको होस् वा पशुको, हरेक गर्भको पहिलो फल, जो याहवेहलाई चढाइन्छ, त्यो तेरै हो। तर तैँले प्रत्येक पहिले जन्मेको छोरा र अशुद्ध पशुहरूका पहिले जन्मेको प्रत्येक सन्तानलाई मूल्य चुकाएर छुटाउनुपर्छ। 16जब तिनीहरू एक महिनाका हुन्छन्, तब तैँले तिनीहरूलाई पवित्रस्थानको शेकेलअनुसार तोकिएको पाँच चाँदीका शेकेल#18:16 लगभग 58 ग्राम हुन्छ। छुटकाराको मोल तिरेर छुटाउनुपर्छ। जसको तौल बीस गेरा हुन्छ।
17“तर तैँले गाई, भेडा अथवा बाख्राका पहिले जन्मेकाहरूलाई मोल तिरेर छुट्ट्याउनुहुँदैन। तिनीहरू पवित्र हुन्। तिनीहरूको रगत वेदीमाथि छर्कनू। तिनीहरूको बोसोचाहिँ आगोद्वारा चढाइने बलिको रूपमा याहवेहलाई मनपर्दो मिठो बास्नाको भेटी हुने गरी जलाउनू। 18विशेष भेटीको रूपमा उचालिएको ह्याकुला र दाहिने फिला तेरा निम्ति भएजस्तै, तिनीहरूका मासु पनि तेरै हुनेछ। 19इस्राएलीहरूले याहवेहलाई चढाएका पवित्र भेटीहरूबाट अलग गरिएका भागहरू म तिमीहरूको नियमित अंशको रूपमा तँ, तेरा छोराहरू र छोरीहरूलाई दिन्छु। यो याहवेहको सामु तँ र तेरा सन्तानहरू दुवैका निम्ति अनन्तको नुनको करार#18:19 हरेक खाने कुरामा खाद्यान्न अपरिहार्य भएझैँ यो सधैँ रहिरहने र कहिल्यै परिवर्तन नहुने करार हो। हो।”
20याहवेहले हारूनलाई भन्नुभयो, “तिनीहरूको देशमा तेरो कुनै पैतृक सम्पत्ति हुनेछैन, न त तिनीहरूबीच तिमीहरूको कुनै भाग नै हुनेछ। इस्राएलीहरूबीच म नै तिमीहरूको भाग र तिमीहरूको पैतृक सम्पत्ति हुँ।
21“लेवीहरूले भेट हुने पालमा सेवाको काम गरेको साटोमा म तिनीहरूलाई इस्राएलमा तिनीहरूको पैतृक सम्पत्तिको रूपमा सबै दशांश दिन्छु। 22अब उसो इस्राएलीहरू भेट हुने पालको नजिक नजाऊन्; नत्रता तिनीहरूले आफ्ना पापको फल भोग्नेछन्, र मर्नेछन्। 23लेवीहरूले नै भेट हुने पालमा काम गरून्। अनि तिनीहरूको विरुद्धमा भएका अपराधहरूको जिम्मा तिनीहरूले नै लिऊन्। आउने पुस्ताका निम्ति यो अनन्तको विधि ठहरियोस्। इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्। 24यसको सट्टामा इस्राएलीहरूले याहवेहकहाँ चढाएका दशांशहरू म लेवीहरूलाई तिनीहरूका पैतृक सम्पत्तिको रूपमा दिन्छु। यसकारण मैले तिनीहरूको विषयमा यसो भनेँ: ‘इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्।’ ”
25याहवेहले मोशालाई भन्नुभयो, 26“लेवीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘तिमीहरूले इस्राएलीहरूबाट आफ्ना पैतृक सम्पत्तिको रूपमा पाएका दशांशबाट तिमीहरूले दशांशको दशांश याहवेहको भेटीको रूपमा चढाउनू। 27तिमीहरूको बलि खलाबाटको अन्न अर्थात् कोलबाटको दाखरसजस्तै गनिनेछ। 28यस प्रकारले तिमीहरूले इस्राएलीहरूबाट पाएका सबै दशांशबाट तिमीहरूले पनि याहवेहलाई भेटी चढाउनेछौ। यी दशांशहरूबाट तिमीहरूले याहवेहको भाग हारून पुजारीलाई दिनुपर्छ। 29तिमीहरूलाई दिइएका सबै असल र पवित्र कुराहरूबाट याहवेहको भाग चढाउनुपर्छ।’
30“लेवीहरूलाई तैँले भन्: ‘जब तिमीहरूले उत्तम भाग चढाउँछौ, तब तिमीहरूको भेटीलाई खलाको अर्थात् दाखको कोलको फसलको रूपमा गनिनेछ। 31तँ र तेरा घरानाले भेटीबाट रहेका भाग जहाँ भए तापनि खान सक्छौ। किनकि त्यो तिमीहरूले भेट हुने पालमा गरेको कामको ज्याला हो। 32त्यसको सर्वोत्तम भाग चढायौ भने दशांश भेटीमा तिमीहरू दोषी हुनेछैनौ। अनि तिमीहरूले इस्राएलीहरूका पवित्र भेटीहरू अशुद्ध पार्नेछैनौ र तिमीहरू मर्नेछैनौ।’ ”
Цяпер абрана:
गन्ती 18: NCV
Пазнака
Капіяваць
Параўнаць
Падзяліцца
Хочаце, каб вашыя адзнакі былі захаваны на ўсіх вашых прыладах? Зарэгіструйцеся або ўвайдзіце
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.